हेटौंडा। नेकपा एकीकृत ( समाजवादी ) राक्सिराङ्ग गाउँ कमिटीले राक्सिराङ्ग गाउँपालिका सङ्ग विभिन्न किसिमको मागहरू राख्दै ज्ञापन पत्र बुझाएको छ । पार्टीका गाउँ कमिटी आध्यक्ष सागर चेपाङले गाउँ पालिका उपाध्यक्ष बनस्तम थिङलाई ज्ञापन पत्र बुझाएका हुन् ।
पार्टीका प्रदेश सदस्य किशोर ब्लोन ( नियोग ) को प्रमुख आतिथ्यता तथा गाउँ कमिटी सदस्य दिलबहादुर चेपाङको उपस्थितिमा कार्यक्रम भएको हो । किसानले कृषिको लागि बीउ , मल सहजै पाइयोस् । ढुङ्गा , गिट्टी , बालुवा अबैध चोरी बन्द होस् ।
गाउँमै उत्पादन भएको खाद्यान्न लगायत अरु चिजबिजले सजिलै बजार पाउन । लगायतका २० बुधे माग राख्दै ज्ञापन पत्र बुझाइएको हो । गाउँपालिका उपाध्यक्ष थिङलाइ ज्ञानपत्र बुजाएको हो । उपाध्यक्ष थिङ्गले यसका सक्दो सहयोग गर्ने प्रतिवधता ब्यक्त गरे ।