कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ बनकट्टीमा बिहीवार तिलक भट्टको घरमा आगलागी भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार विद्युतको तार सर्ट भएर आगलागी हुँदा घर र घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, फर्निचर, बोरिङ पाइप र काठ लगायतका सामान जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।