धनगढी। कैलालीमा कक्षा १२ को परीक्षामा अर्काको नाममा सहभागी भएकी युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, शुक्रबार धनगढीस्थित नाष्ट कलेजमा कक्षा १२ को परीक्षा चलिरहेको थियो। सोही क्रममा गोदावरी नगरपालिका–९ की १९ वर्षीया सिर्जना बोहरालाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले दिएको जानकारीअनुसार, सिर्जना बोहराले एलिजा शाहीको नाममा परीक्षा दिइरहेकी थिइन्। शंका लागेपछि जाँच गर्दा उनि नक्कली परीक्षार्थी भएको पत्ता लागेको थियो।
हाल बोहरालाई नियन्त्रणमा लिई यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।