मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, त्रिवेणी चोकमा ग्यास चुहावटका कारण आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बिहीबार बिहान करिब ७ बजे बुवाको वार्षिक पुण्यतिथिको तयारी गर्दै गर्दा सुवान भेटुवालको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएको थियो। ग्यास चुहिएर अचानक आगोको मुस्लो निस्किएको र त्यसपछि सिलिन्डर विस्फोट भई आगो झन् फैलिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।घटनापछि स्थानीयबासी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट मानवीय क्षति नभए पनि घरभित्रको सबै सरसामान जलेर नष्ट भएको छ।आगलागीको विस्तृत विवरण र क्षतिको मूल्याङ्कन भइरहेको जनाइएको छ।