Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
11:52 AM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

रेडियो भरोसा अनलाइन
बैशाख ३०, २०८२ मा प्रकाशित
Share:

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका दुईजना जिल्ला नेत्री महिला साथीहरूलाई बधाई तथा सम्मान गरेको छ। समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका दुई जिल्ला नेत्री महिला साथीहरुलाई आफ्नो पार्टी कार्यालयमा राखेर बधाई तथा सम्मान कार्यक्रम गरेको हो।

समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा जसपा नेपाल मकवानपुरको उपाध्यक्ष पदमा रहेकी गीता कार्की र जिल्ला भातृ संगठन समाजवादी महिला सङ्घका अध्यक्षमा रहेकी सुशीला घलान निर्वाचित भएको हो। उनीहरू दुवैजना गएको वैशाख २७ र २८ गते जनकपुरधाममा भएको समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

पार्टी कार्यालय हेटौडामा भएको बधाई तथा सम्मान कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल बागमती प्रदेश संयोजक जीवन लामा तामाङले हाम्रो यस पार्टीमा मुख्य एउटा समस्या पनि छ। संघर्षको बीचमा समस्या पनि उत्पन्न हुन्छ। अब त्यस समस्यालाई निराकरण गर्नको निमित्त हामीले “जीवन्त पार्टी अन्तरविरोधबाट परिचालित हुन्छ।” अर्थात् पार्टीभित्र अन्तरविरोध हुन्छ। त्यही अन्तरविरोधलाई हल गर्ने क्षमताको विकास गर्ने प्रक्रिया नै पार्टी नेतृत्व हुन्छ भनेर आफ्नो भनाइ राखेका छन्।

“अहिलेसम्म हाम्रो यस पार्टीभित्र भइरहेका अन्तरविरोध विविध समस्यालाई हल गर्न नसक्नु हाम्रो दुःखद पक्ष पनि भएको छ। तर पनि त्यसलाई सकेसम्म न्यूनीकरण गर्दै लैजाने प्रक्रिया एउटा आधार बनाउँदै अघि बढिरहेका छौं,”उनले भने ।

साथै अन्तिममा जसपा नेपाल प्रदेश संयोजक तामाङ भन्छन् : “जहिले पनि क्रान्ति लडाई भनेको अँध्यारोबाट उज्यालो खोज्ने बाटो हो। वास्तवमा अँध्यारोमा हेर्दा गन्तव्य हामीले देख्न सक्दैनौँ। जसले गर्दा हामीमा एउटा निराशा पैदा हुन सक्छ। त्यसकारण हामी कहिले पनि निराशापनमा कहिले पनि छिर्नु हुँदैन हामी बीचमा एउटा हौसला जहिले पनि बचाइ राख्न सक्नुपर्दछ,” उनले भने।

त्यसैगरी बधाई तथा सम्मान कार्यक्रममा जसपा नेपाल मकवानपुरका केन्द्रीय सदस्य मेजरमान मोक्तानले जसपा नेपाल भन्ने बित्तिकै कतिपयलाई एउटा सानो पार्टी हो,यो पार्टी भनेको विशुद्ध मधेस दल लक्षित मोर्चासँग जोडिएको पार्टी हो भनेर अहिले देखिएका सत्ताधारी दलहरूले एउटा भ्रामक एउटा भाष्य बनाएको छ, खासमा त्यो गलत हो भनेर आफ्नो भनाइ राखेका छन्।

समाजवादी पार्टी नेपाल भनेको अहिले नेपालमा मात्र केन्द्रित नभएर यसले एउटा अन्तर्राष्ट्रिय जगतमा पनि अझ भनौ १८९ वटा देशहरूमा जहाँ समाजवादको अपेक्षा रहने देशहरूमा स्थापित गर्न सफल भएको छ। यो पार्टी एउटा भूगोलको हिसाबले पनि र जनताको आशाको अपेक्षा अनुसार यस पार्टीको उदयमान भएको हो,उनले भने।

बधाई तथा सम्मान कार्यक्रममा जोडिएका उपस्थितहरूबाट सम्मान खाँदा लाइसकेपछि केन्द्रीय सदस्यमा निर्वाचित भएकी जिल्ला उपाध्यक्ष गीता कार्कीले विगतमा मैले जसरी एउटा राजनीतिक पाइला सुरु गरे त्यो बेला महिलाका सशक्ति अभियानमा लागिपर्दा त्यहाँ भएका मुद्दा र परिस्थितिलाई नजिकबाट नियाल्दै अगाडि बढिरहेको एउटा परिघटना मैले भोग्दै आएको हो,भनेर उनले आफ्नो भनाइ राखेकी छन्।

जुन बेला मेरा आफ्ना व्यक्तिगत समस्या देखि लिएर अरु विविध कारणले गर्दा जसरी लाग्नुपर्ने हो त्यो रूपमा पूर्णता चाहिँ भन्ने हुन सफल भएको थिएन। तर आज आएर जसपा नेपालले मलाई यो अवसर दिएको छ यसप्रति म जिल्ला र केन्द्र दुवैलाई अन्तर हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। साथै भोलिका दिनहरूमा महिलाका आवाजमा आउने कुनै पनि समस्याहरु मेरो भूमिकाबाट कहिले पनि नजरअन्दाज हुने छैन। केन्द्रीय सदस्य भइसकेपछि एउटा मेरो आफ्नो भूमिका अझ सशक्त हुने र यसले एउटा मप्रति हौसलाको पनि बनाएको छ,उनले भनिन्।

आज भएको बधाई तथा सम्मान कार्यक्रमको सभाध्यक्ष गरेका समाजवादी पार्टी नेपाल मकवानपुरका जिल्ला अध्यक्ष उत्तम गोम्जाले गएको २७ र २८ गते जनकपुरधाममा भएको समाजवादी महिला सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशनमा निर्वाचित भएका दुवै व्यक्तिहरूलाई विशेष शुभकामना दिँदै सफल कार्यकालको पनि शुभेक्षा राखेका छन्। बधाई तथा सम्मान मान कार्यक्रममा अनुपस्थित रहेका एकजना केन्द्रीय सदस्य महिला नेत्री सुशीला घलानलाई भने जिल्ला अध्यक्ष गोम्जाले कार्यक्रमबाट नै विशेष सफल कार्यकालको शुभकामना दिएका छन्।

बधाई तथा सम्मान कार्यक्रममा अतिथिको रुपमा हरिसिंह वाइबा लगायतका जिल्ला पार्टी अन्तर्गत रहेका नेताहरू पनि उपस्थित रहेका थिए। भने समग्र कार्यक्रमको सञ्चालन भने जिल्ला पार्टी सचिव मिनबहादुर लामाले गरेका थिए।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys