हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका दुईजना जिल्ला नेत्री महिला साथीहरूलाई बधाई तथा सम्मान गरेको छ। समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका दुई जिल्ला नेत्री महिला साथीहरुलाई आफ्नो पार्टी कार्यालयमा राखेर बधाई तथा सम्मान कार्यक्रम गरेको हो।
समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा जसपा नेपाल मकवानपुरको उपाध्यक्ष पदमा रहेकी गीता कार्की र जिल्ला भातृ संगठन समाजवादी महिला सङ्घका अध्यक्षमा रहेकी सुशीला घलान निर्वाचित भएको हो। उनीहरू दुवैजना गएको वैशाख २७ र २८ गते जनकपुरधाममा भएको समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
पार्टी कार्यालय हेटौडामा भएको बधाई तथा सम्मान कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल बागमती प्रदेश संयोजक जीवन लामा तामाङले हाम्रो यस पार्टीमा मुख्य एउटा समस्या पनि छ। संघर्षको बीचमा समस्या पनि उत्पन्न हुन्छ। अब त्यस समस्यालाई निराकरण गर्नको निमित्त हामीले “जीवन्त पार्टी अन्तरविरोधबाट परिचालित हुन्छ।” अर्थात् पार्टीभित्र अन्तरविरोध हुन्छ। त्यही अन्तरविरोधलाई हल गर्ने क्षमताको विकास गर्ने प्रक्रिया नै पार्टी नेतृत्व हुन्छ भनेर आफ्नो भनाइ राखेका छन्।
“अहिलेसम्म हाम्रो यस पार्टीभित्र भइरहेका अन्तरविरोध विविध समस्यालाई हल गर्न नसक्नु हाम्रो दुःखद पक्ष पनि भएको छ। तर पनि त्यसलाई सकेसम्म न्यूनीकरण गर्दै लैजाने प्रक्रिया एउटा आधार बनाउँदै अघि बढिरहेका छौं,”उनले भने ।
साथै अन्तिममा जसपा नेपाल प्रदेश संयोजक तामाङ भन्छन् : “जहिले पनि क्रान्ति लडाई भनेको अँध्यारोबाट उज्यालो खोज्ने बाटो हो। वास्तवमा अँध्यारोमा हेर्दा गन्तव्य हामीले देख्न सक्दैनौँ। जसले गर्दा हामीमा एउटा निराशा पैदा हुन सक्छ। त्यसकारण हामी कहिले पनि निराशापनमा कहिले पनि छिर्नु हुँदैन हामी बीचमा एउटा हौसला जहिले पनि बचाइ राख्न सक्नुपर्दछ,” उनले भने।
त्यसैगरी बधाई तथा सम्मान कार्यक्रममा जसपा नेपाल मकवानपुरका केन्द्रीय सदस्य मेजरमान मोक्तानले जसपा नेपाल भन्ने बित्तिकै कतिपयलाई एउटा सानो पार्टी हो,यो पार्टी भनेको विशुद्ध मधेस दल लक्षित मोर्चासँग जोडिएको पार्टी हो भनेर अहिले देखिएका सत्ताधारी दलहरूले एउटा भ्रामक एउटा भाष्य बनाएको छ, खासमा त्यो गलत हो भनेर आफ्नो भनाइ राखेका छन्।
समाजवादी पार्टी नेपाल भनेको अहिले नेपालमा मात्र केन्द्रित नभएर यसले एउटा अन्तर्राष्ट्रिय जगतमा पनि अझ भनौ १८९ वटा देशहरूमा जहाँ समाजवादको अपेक्षा रहने देशहरूमा स्थापित गर्न सफल भएको छ। यो पार्टी एउटा भूगोलको हिसाबले पनि र जनताको आशाको अपेक्षा अनुसार यस पार्टीको उदयमान भएको हो,उनले भने।
बधाई तथा सम्मान कार्यक्रममा जोडिएका उपस्थितहरूबाट सम्मान खाँदा लाइसकेपछि केन्द्रीय सदस्यमा निर्वाचित भएकी जिल्ला उपाध्यक्ष गीता कार्कीले विगतमा मैले जसरी एउटा राजनीतिक पाइला सुरु गरे त्यो बेला महिलाका सशक्ति अभियानमा लागिपर्दा त्यहाँ भएका मुद्दा र परिस्थितिलाई नजिकबाट नियाल्दै अगाडि बढिरहेको एउटा परिघटना मैले भोग्दै आएको हो,भनेर उनले आफ्नो भनाइ राखेकी छन्।
जुन बेला मेरा आफ्ना व्यक्तिगत समस्या देखि लिएर अरु विविध कारणले गर्दा जसरी लाग्नुपर्ने हो त्यो रूपमा पूर्णता चाहिँ भन्ने हुन सफल भएको थिएन। तर आज आएर जसपा नेपालले मलाई यो अवसर दिएको छ यसप्रति म जिल्ला र केन्द्र दुवैलाई अन्तर हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। साथै भोलिका दिनहरूमा महिलाका आवाजमा आउने कुनै पनि समस्याहरु मेरो भूमिकाबाट कहिले पनि नजरअन्दाज हुने छैन। केन्द्रीय सदस्य भइसकेपछि एउटा मेरो आफ्नो भूमिका अझ सशक्त हुने र यसले एउटा मप्रति हौसलाको पनि बनाएको छ,उनले भनिन्।
आज भएको बधाई तथा सम्मान कार्यक्रमको सभाध्यक्ष गरेका समाजवादी पार्टी नेपाल मकवानपुरका जिल्ला अध्यक्ष उत्तम गोम्जाले गएको २७ र २८ गते जनकपुरधाममा भएको समाजवादी महिला सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशनमा निर्वाचित भएका दुवै व्यक्तिहरूलाई विशेष शुभकामना दिँदै सफल कार्यकालको पनि शुभेक्षा राखेका छन्। बधाई तथा सम्मान मान कार्यक्रममा अनुपस्थित रहेका एकजना केन्द्रीय सदस्य महिला नेत्री सुशीला घलानलाई भने जिल्ला अध्यक्ष गोम्जाले कार्यक्रमबाट नै विशेष सफल कार्यकालको शुभकामना दिएका छन्।
बधाई तथा सम्मान कार्यक्रममा अतिथिको रुपमा हरिसिंह वाइबा लगायतका जिल्ला पार्टी अन्तर्गत रहेका नेताहरू पनि उपस्थित रहेका थिए। भने समग्र कार्यक्रमको सञ्चालन भने जिल्ला पार्टी सचिव मिनबहादुर लामाले गरेका थिए।