काठमाडौं,३१ वैशाख। सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर बुधबार साँझ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
यसअघि पनि वैशाख महिनामा विभिन्न स्थानमा भूकम्पका धक्का महसुस भएका थिए। वैशाख १४ गते डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसैगरी, वैशाख १२ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युड र वैशाख ११ गते रुकुम पूर्वमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो।
पछिल्लो समय नेपालका विभिन्न भागमा लगातार भूकम्पका साना धक्का महसुस भइरहेका छन्।