मनहरी । मनहरी गाउँपालिका वडा नम्बर २ स्थित झुल्यानमा बिजुलीको खम्बा ढल्दा बाटो अवरुद्ध भएको छ । शुक्रबार बेलुका आएको हुरिबतासको कारण ढलेको रुखले भेटेर बिजुलिको खम्बा ढल्दा बाटो अवरुद्ध भएको हो ।
ठूलो मात्रामा आएको हुरिबतासले चिलाउनेको रुख ढलेपछी उक्त रुखले च्यापेर झुल्यान स्थित सडक खण्डको बिजुलिको खम्बा ढलेर बाटो अवरुद्ध भएको छ । रुखले भेटेर सडक छेउको चार वटा बिजुलिको पोल भाँचेर ढलेको छ भने लगभग ५ वटा पोल लत्रीएको छ । ढलेको खम्बाले गर्दा ठाडोखोला-बस्तिपुर आवतजावत गर्ने अटो तथा बाइकलाई समेत समस्या भएको छ । रुखले च्यापेर ढलेको बिजुलिको खम्बा मुख्य प्रशारण लाइनको खम्बा भए तापनी बिजुली नभएको कारण मानवीय तथा धनजनको क्षती नभएको मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रीनले जानकारी दिएका छन् ।
हाल हुरिबतासको कारण ढलेको उक्त खम्बाबाट बिजुलिको तार छुटाएर बाटो सफा गर्ने र बिजुली प्रशारण गर्न अर्को खम्बा ल्याउने पहल भैरहेको छ ।