सौराहा । बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न भएको छ । तालिममा बोर्ड २५ का १८ जना सदस्यहरु उपस्थित भएका छन् ।
बस्तिपुर जेसिज हाँडिखोलाले आयोजना गरेको ‘जर्नी फर लिडरशिप’ तालिम चितवनको सौराहा स्थित गैरीबारी रिसोर्टमा भएको हो । शुक्रबार भएको एक दिने तालिममा बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ बोर्ड २५ का १८ जना सदस्यहरू उपस्थित भएका छन् ।
तालिमका प्रमुख प्रशिक्षक शिव प्रसाद भुसालले प्रशिक्षण दिँदै आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्दै संस्था र समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न बस्तिपुर जेसिज हाँडिखोलालाई प्रेरित गरेका छन् । साथै उनले जेसिज संस्थाको आधारभूत नीति र विधिका बारेमा स्पष्ट पारेका छन् । त्यस्तै संस्थाको पदिय मर्यादामा रहेर सबैले आआफ्नो जिम्मेवारी निभाउनुपर्ने कुरामा उनले विशेष जोड दिएका छन् । प्रशिक्षणात्मक तालिम मार्फत कुनै पनि कार्य सम्पन्नता लागि एकता अर्थात टिमवर्कको आवस्यकता हुने भएकाले राष्ट्रका राजदुत एवम् स्वयंसेवकहरुको संस्था जेसिजलाई बलियो र सफल बनाउन संस्थाका सबै सदस्यहरु एकजुट भएर लाग्नु पर्ने बताए ।
वर्ष २०२५ का जन सम्पर्क अधिकारी जेसि सन्तोष ढकालको संयोजकत्वमा भएको ‘जर्नी फर लिडरशिप’ तालिम कार्यक्रमको प्रमुख अतिथी एवम् प्रशिक्षक शिव प्रसाद भुसाल रहेका छन् । बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ का अध्यक्ष जेसि सन्तोष उप्रेतीको सभाध्यक्षता रहेको कार्यक्रममा २०२२ का शाखा अध्यक्ष तथा वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सिनेटर जेसि तेज प्रसाद उप्रेती र बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२१ का अध्यक्ष जेसि राजेश भेटवाल लगायतको उपस्थिति रहेको छ । कार्यक्रमको सन्चालन ०२४ का महासचिव सोवित वाइबाले गरेका हुन् ।