झापा। झापा जिल्लाको कमल गाउँपालिका–५, पाडाजुँगी चोकमा सशस्त्र प्रहरी बल (APF) स्कुल स्थापना हुने भएको छ। यस स्कुलमार्फत स्थानीय क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गरिने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरी बलको पहलमा सञ्चालन हुने यस शैक्षिक संस्थाले विद्यार्थीलाई शारीरिक तन्दुरुस्तीका साथै अनुशासित र उत्तरदायी नागरिक बनाउन योगदान पुर्याउने विश्वास गरिएको छ। स्कुल स्थापनासँगै स्थानीयवासीहरूमा उत्साह देखिएको छ।
स्थापना प्रक्रिया छिट्टै सुरु हुने जनाइएको छ। यस स्कुलले सशस्त्र प्रहरी परिवारका साथै स्थानीय समुदायका बालबालिकालाई समेत लक्षित गर्नेछ।