सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–६, नेताचोकमा एक युवकले नशाको अवस्थामा आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। २५ वर्षीय ती युवकले ३९ वर्षीया आमामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले उनलाई नियन्त्रणमा लिएको हो।
पीडित पक्षका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार घटनास्थलमा पुग्नेबित्तिकै युवकलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानपछि घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।