नयाँ दिल्ली। बुधबार साँझ भारतका विभिन्न क्षेत्रमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्याएको छ। बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार, आँधीका कारण उत्तर प्रदेशमा कम्तीमा १४ जनाको ज्यान गएको छ।
भारतीय मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि सतर्कता (अलर्ट) जारी गरेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जालमा सम्बन्धित अधिकारीहरूलाई तत्काल राहत कार्य सम्पन्न गर्न निर्देशन दिएको छ।
बुधबारको आँधीबाट उत्तर प्रदेशका साथै राजधानी दिल्लीका धेरै क्षेत्रहरू पनि प्रभावित भएका छन्। दिल्लीमा धेरै रुखहरू ढलेर सवारी साधनमा क्षति पुगेको थियो। यसबाट विभिन्न क्षेत्रमा यातायात अवरुद्ध भई मेट्रो सेवामा समेत असर परेको थियो।