पथरी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरी–मंगलबारे सडकखण्डमा मालबाहक ट्रक पल्टिएको छ। आज करिब २५ मिनेटअघि घटेको दुर्घटनामा ट्रकमा लोड गरिएका सामग्री सडकमा छरिएर परेको दृश्य देखिएको छ।
दुर्घटनापछि सडकको एक भाग अवरुद्ध बनेको छ भने ट्राफिक प्रहरीले तत्काल घटना स्थलमा पुगेर आवागमन सहज बनाउन पहल गरिरहेको जनाएको छ।
दुर्घटनाको कारण र मानवीय क्षति भएको/नभएको विषयमा विस्तृत विवरण आउन बाँकी छ।