Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
01:02 PM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला

अशोक सुजन श्रेष्ठ
जेष्ठ १३, २०८२ मा प्रकाशित
Share:

हेटौंडा। सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुई दिने दोस्रो प्रादेशिक भेला हेटौंडामा शुुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार उद्घाटन गरेका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुुट विश्वास रहेको भन्दै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताए । ‘हामी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्छौ, नागरिकले सत्य, तथ्यपरक र सन्तुलित सूचना पाउनु अत्यावश्यक छ,’ उनले भने, ‘यसले पत्रकारिताप्रति जनताको भरोसा अझ बलियो बनाउँछ ।’

मुख्यमन्त्री लामाले कानुन निर्माण गर्दा अत्यन्त सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै कानुनको मर्म बुझ्ने र व्याख्या गर्ने निकायले कहिलेकाहीँ अर्थलाई उल्टो–सीधो बनाउँदा समस्या सिर्जना गर्ने बताए । ‘उत्पादनमुखी क्षेत्रमा लगानी हुन सकेन, जुन हाम्रो कमजोरी रह्यो, उनले भने, ‘सरकारले हात हालेका धेरै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिएन ।’

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पत्रकारहरु प्रदेशको जटिल अवस्था र वास्तविकताबारे जानकार हुनुुपर्ने भन्दै सरकारको सकारात्मक कामलाई उजागर गर्नुपर्ने बताए । प्रदेश सरकारले बनाएका थुप्रै कानुनहरु संघीय सरकारको अवरोधका कारण कार्यान्वयनमा जान नसकेको उनले गुनासो गरे । ‘प्रहरीसमेत प्रदेश सरकारको अधिकारभित्र छैन, ‘यसबारे पत्रकारहरु अवगत हुनु जरुरी छ,’ उनले भने, ‘हाम्रा मन्त्रालयहरू अरुको भवन, भाडामा छन्, प्रदेश सरकारसँग अधिकार नहुनु हाम्रो सरकारको सबैभन्दा ठुलो चुनौती हो ।’

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको बताउँदै खोजमुलक पत्रकारितामा ध्यान दिनु आवश्यक रहेको बताए । सूचनाको युगमा पत्रकारहरूको भूमिका झन् जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिदै उनले पत्रकारसँगै प्रदेश सरकार रहेको भन्दै पत्रकारिता खोजमुलक, तथ्यमा आधारित र जनसरोकार केन्द्रित हुनुुपर्नेमा जोड दिए । सरकार र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री काफ्लेले पत्रकारहरुको हीतका विषयमा प्रदेश सरकार सकारात्मक रहेकाले सहकार्य गरेरै अघि बढ्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कोष लेखा नियन्त्रक हरी उपाध्यायले लेखा सम्बन्धी र संस्कृती तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युुवराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका जिल्ला शाखाहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys