• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   बुधबार, असार २५, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
  • १३ घण्टा अगाडि

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
  • २ दिन अगाडि

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
  • ३ दिन अगाडि

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान
  • ३ दिन अगाडि

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ
  • ३ दिन अगाडि

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
  • ३ दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता
  • ३ दिन अगाडि

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु
  • ३ दिन अगाडि

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या
  • ३ दिन अगाडि


सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला

  •  अशोक सुजन श्रेष्ठ
  • मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित

    हेटौंडा। सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुई दिने दोस्रो प्रादेशिक भेला हेटौंडामा शुुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार उद्घाटन गरेका थिए ।

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुुट विश्वास रहेको भन्दै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताए । ‘हामी लोकतन्त्र र प्रजातन्त्रमा विश्वास गर्छौ, नागरिकले सत्य, तथ्यपरक र सन्तुलित सूचना पाउनु अत्यावश्यक छ,’ उनले भने, ‘यसले पत्रकारिताप्रति जनताको भरोसा अझ बलियो बनाउँछ ।’

    मुख्यमन्त्री लामाले कानुन निर्माण गर्दा अत्यन्त सचेत रहनुपर्ने आवश्यकता औंल्याउँदै कानुनको मर्म बुझ्ने र व्याख्या गर्ने निकायले कहिलेकाहीँ अर्थलाई उल्टो–सीधो बनाउँदा समस्या सिर्जना गर्ने बताए । ‘उत्पादनमुखी क्षेत्रमा लगानी हुन सकेन, जुन हाम्रो कमजोरी रह्यो, उनले भने, ‘सरकारले हात हालेका धेरै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिएन ।’

    प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले पत्रकारहरु प्रदेशको जटिल अवस्था र वास्तविकताबारे जानकार हुनुुपर्ने भन्दै सरकारको सकारात्मक कामलाई उजागर गर्नुपर्ने बताए । प्रदेश सरकारले बनाएका थुप्रै कानुनहरु संघीय सरकारको अवरोधका कारण कार्यान्वयनमा जान नसकेको उनले गुनासो गरे । ‘प्रहरीसमेत प्रदेश सरकारको अधिकारभित्र छैन, ‘यसबारे पत्रकारहरु अवगत हुनु जरुरी छ,’ उनले भने, ‘हाम्रा मन्त्रालयहरू अरुको भवन, भाडामा छन्, प्रदेश सरकारसँग अधिकार नहुनु हाम्रो सरकारको सबैभन्दा ठुलो चुनौती हो ।’

    प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको बताउँदै खोजमुलक पत्रकारितामा ध्यान दिनु आवश्यक रहेको बताए । सूचनाको युगमा पत्रकारहरूको भूमिका झन् जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिदै उनले पत्रकारसँगै प्रदेश सरकार रहेको भन्दै पत्रकारिता खोजमुलक, तथ्यमा आधारित र जनसरोकार केन्द्रित हुनुुपर्नेमा जोड दिए । सरकार र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री काफ्लेले पत्रकारहरुको हीतका विषयमा प्रदेश सरकार सकारात्मक रहेकाले सहकार्य गरेरै अघि बढ्नुपर्ने बताए ।

    नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कोष लेखा नियन्त्रक हरी उपाध्यायले लेखा सम्बन्धी र संस्कृती तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुती गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी बागमती प्रदेशका अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशका अध्यक्ष युुवराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका जिल्ला शाखाहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

    मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
    मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
    वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
    • भर्खरै
    • चर्चित
    • १. सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

    • २. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ३. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ४. भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

    • ५. गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

    • १. सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

    • २. मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

    • ३. तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    • ४. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ५. हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

    • ६. अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

    • ७. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ८. जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

    • ९. बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

    • १०. भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys