Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

जसपा नेपालले आज हेटौंडामा बजेट माग ध्यानाकर्षण पत्रबारे समीक्षा मुलक कार्यक्रम सम्पन्न गर्यो

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
जेष्ठ १३, २०८२
235 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
जसपा नेपालले आज हेटौंडामा बजेट माग ध्यानाकर्षण पत्रबारे समीक्षा मुलक कार्यक्रम सम्पन्न गर्यो
oplus_2
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ १३, २०८२
Advertisement

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाए लगत्तै हेटौडा १० स्थित होटेल लिडोमा औपचारिक विविध समीक्षा र जिल्लागत रूपमा भएका पार्टीका जानकारीहरु बारे छलफल भएका छन्।

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य लगायतका प्रदेश र जिल्लागत विशिष्ट नेतागणहरूको उपस्थितिमा आज मुख्यमन्त्री कार्यालय मै पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो।

होटल लिडोमा राखेको औपचारिक विशेष कार्यक्रममा समग्र सिङ्गो पार्टीले आज मुख्यमन्त्री कार्यालयमा बुझाएको बजेट माग ध्यानाकर्षण पत्रबारे विशेष चर्चा र छलफलको विषय अन्तर्गत रही जसपा नेपालका केन्द्रीय उपाध्यक्ष देखि प्रदेश र जिल्लागत विशिष्ट नेताहरूले आआफ्नो विचार व्यक्त गरेका छन्।

जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले २०७२ सालको भूकम्पले पुर्याएको भौतिक संरचनामाथि पुगेको क्षतिको संरचनालाई पुननिर्माणमा आज पेश गरिएको बजेट माग सम्बन्धमा उल्लेख गरिएको विषयलाई विशेष जोड दिएका छन्। सँगसँगै अन्य प्राकृतिक प्रकोपबाट पुर्‍याएको संरचनाहरु जस्तै बाटोघाटो र पुल जस्ता विषयहरूमा राज्यको पहुँच त्यहाँ नपुराएको र त्यो बाटोसम्म सहज पुर्‍याउनका निम्ति जसपा नेपालले विशेष पैरवीको साथ राज्यलाई झकझकाउँदै यसतर्फ पार्टी निरन्तर लागिपरेको विषयमा आफ्नो भनाइ उल्लेख गरेका थिए।

साथै बागमती प्रदेश नेवार र ताम्सालिङ प्रदेश घोषित गरेता पनि त्यो व्यवहारिकतामा खासै कार्यान्वयन नदेखिएको अब त्यसलाई व्यवहारिकतामा पनि ल्याउनुपर्ने कुरामा केन्द्रीय उपाध्यक्ष बज्राचार्यले आफ्नो भनाईहरुमा विशेष जोड दिएका थिए। अब बागमती प्रदेशले नेवार र तामाङ समुदायको भाषिक लिपिलाई पनि विशेष प्राथमिकता दिनुपर्छ र यसलाई व्यवहारिकतामा वा कार्यान्वयनतर्फ ल्याउनका निम्ति यस पार्टी अग्रसर भूमिकामा रहने कुरामा पनि आफ्नो भनाइ व्यक्त गरेका थिए।

सँगसँगै अन्तमा केन्द्रीय उपाध्यक्ष भद्रचार्य भन्छन् : हाम्रो यस पार्टी जनता लक्षित रहेको एउटा पार्टी हो। हामी विशुद्ध जनताको पक्षमा छौँ। जनतालाई यो महसुस हामीले गराउनु छ, कि आज बुझाएको बजेट माग सम्बन्धमा राखेको ध्यानाकर्षण पत्रबारे के कस्तो भइरहेको छ भन्ने विषयमा पनि जिल्लागत रुपमा रहेका नेता गणहरू पनि सोही अनुसार झकझकाउँदै लागि पर्न पनि विशेष अनुरोध गरेका छन्।

मकवानपुर जिल्लाका केन्द्रीय सदस्य रहेका मेजरमान मुक्तानले आज जनताको चासो र आवश्यकता रहेका भौतिक मन्त्रालय अन्तर्गत रहेका विषयका आधारलाई मूलधार प्राथमिकतामा राखी १३ ओटै जिल्लालाई लक्षित गरी ८१/८२ को बजेटलाई माग गर्दै १३ ओटै जिल्लाको माइनोट तयार पारी मुख्यमन्त्री कार्यालयमा बुझाउन सफल भएको जानकारी दिएका छन्। उनी भन्छन्रा : “राजनीतिक भनेको एउटा सङ्ख्याले भन्दा पनि मूलभूत पार्टीको विचारले कैद गर्ने हो। यस अर्थले हरेक कुराहरूमा विचारले जसपा नेपाल एउटा नम्बर वान उत्कृष्ट एउटा पार्टी हो।”

मकवानपुर जिल्लाका केन्द्रीय सदस्य मोक्तान भन्छन्: विचार भनेको सबै जातजाति,भाषाभाषी सबैको भावनालाई र भूगोललाई समेत समेटेर जाने एउटा नयाँ फर्मुला पनि हो। जुन फर्मुला बिना नेपालमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न सक्दैन। जुन कुरा हाम्रो यस पार्टी जसपा नेपालले विशेष अपनाएको छ,उनले भने।

नेपालमा पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने नेपालमा धेरै कुराहरूको राजनीतिक परिघटनाको कायपलट हुँदै आइरहेको छ। नेपालमा भएका प्रत्येक राजनीतिक दलहरूले जनतालाई र अझ भनौं जनतामुखी विभिन्न तन्त्र, जुन विभिन्न घटनाक्रमहरूलाई आन्दोलन गर्दै ल्याएका जोलन्त त्यस्ता उदाहरणहरु धेरै रहेका छन् तर नेपालमा जुनै तन्त्र र गणतन्त्र र संघीय गणतन्त्र र लोक तन्त्र सुव्यवस्था कायम कायम भएतापनि जनताले असली राजनीतिक दलहरुले राखेको वा ल्याएको तन्त्रको राम्रो अनुभूति भने गर्न सकेको अवस्था छैन, उनले भने।

नेपालमा अझै पनि त्यस्तो भेदभाव विद्यमान रहेको छ। जस्तै जातीय भेदभावहरू र धनी गरिब जस्ता अन्तरका खाडलहरू यथावत नै छ। नेपालका नाम चलेका काङ्ग्रेस वा कम्युनिस्ट पार्टीहरूले यी विषयवस्तुहरुलाई अझ पनि निर्मूल पार्न भने सकिरहेको अवस्था छैन। नेपालमा रहेका सबै पार्टीहरूले यी विषयवस्तुहरूलाई मूलभूत बनाएर जब सम्म अघि बढ्न सक्दैन तबसम्म नेपालको दिगो विकास गर्न सक्दैन भनेर केन्द्रीय सदस्य मुक्तानले आफ्नो भनाइ मार्फत उल्लेख गरेका छन्।

साथै आज सम्पन्न गरिएको समीक्षामुखी औपचारिक कार्यक्रममा भने जसपा नेपालका केन्द्रीय नेता प्रदेश अन्तर्गत नेता जिल्ला र जिल्ला बाहिरका विशिष्ट नेतागणहरूले पनि आज बुझाएको बजेट माग सम्बन्धमा राखिएको ध्यानाकर्षण पत्रबारे टिका टिप्पणी र अब आउने दिनहरुमा पार्टीले एउटा सशक्त एक ढिक्का भएर मिलेर अगाडि बढ्ने विषयहरूमा सबैले आफ्ना मत सहित आफ्नो भनाइहरू उल्लेख गरेका थिए।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya