Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

हेटौंडाका १९ वटै वडामा एकैसाथ वृहत सरसफाइ अभियान सम्पन्न

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
जेष्ठ १७, २०८२
84 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौंडाका १९ वटै वडामा एकैसाथ वृहत सरसफाइ अभियान सम्पन्न
0 मिनेट पढ्ने
अपडेट: जेष्ठ १७, २०८२
Advertisement

हेटौंडा। प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नारासहित सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम जारी ५६औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकामा शनिवार एकैसाथ १९ वटै वडामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम अन्तर्गत दोस्रो दिनको मुख्य कार्यक्रमका रूपमा गरिएको यस सरसफाइ अभियानमा नगरका गल्ली, चोक, सार्वजनिक स्थल, बजार क्षेत्र र विद्यालय आसपासका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सफा गरिएको हो। कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोगमा, १९ वटै वडाको टोल विकास संस्थाको समन्वयमा तथा टोल विकास नगर समन्वय समितिको आयोजनामा सम्पन्न भएको हो। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीका अनुसार हेटौंडालाई स्वच्छ, हरित र प्लाष्टिकमुक्त बनाउने उद्देश्यले टोल विकास संस्थाहरु लामो समयदेखि क्रियाशील छन्।

“हामीले वातावरण संरक्षणको अभियानलाई समुदायमै पुगेर जगाउन खोजेका छौं। प्लाष्टिकजन्य प्रदूषणको चपेटामा परिरहेको हाम्रो नगरलाई स्वच्छ, सुरक्षित र हरियाली बनाउन सबै वडाबाट एकसाथ हातेमालो गर्दै यो अभियान सञ्चालन गरेका छौं,” अध्यक्ष अधिकारीले बताए।
कार्यक्रममा टोल विकास संस्था, वडा समन्वय समिति, सामुदायिक वन समूह, स्काउट टोलहरु, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक प्रहरी सेवा केन्द्र, महिला समूह, युवा क्लब लगायत विविध सामाजिक संघसंस्थाको उल्लेखनीय सहभागिता रह्यो।

सप्ताहव्यापी वातावरण संरक्षण अभियानको पहिलो दिन उपमहानगरपालिकाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। अध्यक्ष अधिकारीका अनुसार अभियानको तेस्रो दिन भोलि आईतबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसमा ‘हेटौंडा सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता तथा प्रकृति संवाद यात्रा २०८२ आयोजना गरिनेछ।

अध्यक्ष अधिकारीले वातावरण संरक्षणका कार्यक्रमहरूलाई नियमित र दिगो बनाउँदै लैजान टोल विकास संस्थाको प्रतिबद्धता रहेको स्पष्ट पार्नुभयो। “हामी प्लाष्टिकमुक्त हेटौंडा बनाउने प्रतिबद्धतासाथ प्रत्येक समुदायसम्म पुगेर सचेतना, सरसफाइ र सहयोग जुटाउने अभियान सञ्चालन गरिरहेका छौं,” उहाँले थप्नुभयो।

विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवसको सन्देशलाई आत्मसात गर्दै हेटौंडाले यो वर्ष समुदायस्तरमै वातावरणको संरक्षण र स्वच्छताप्रतिको उत्तरदायित्वलाई बलियो बनाउने प्रयास गरेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya