• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   शनिबार, जेठ ३२, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
  • ३ दिन अगाडि

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • ३ दिन अगाडि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
  • ३ दिन अगाडि

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर
  • ४ दिन अगाडि

सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु
  • ५ दिन अगाडि

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा
  • ५ दिन अगाडि

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न
  • ६ दिन अगाडि

लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण
  • ६ दिन अगाडि

बेलबारीकी सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग
  • १ हप्ता अगाडि


विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रकृति सम्वाद यात्रा सम्पन्न

  •  रेडियो भरोसा अनलाइन
  • आइतबार, जेठ १९, २०८२ मा प्रकाशित

    हेटौंडा। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रकृति सम्वाद यात्रा कार्यक्रम सम्पन्न गरिएको छ। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्वा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    कार्यक्रममा हेटौंडा क्षेत्रका विभिन्न विद्यालय तथा बाल क्लबहरूबाट ७५ जना बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले वन विज्ञान अध्ययन संस्थाको प्राङ्गणभित्र रहेको जंगल, गार्डेन तथा जैविक विविधता स्थलहरूको अवलोकन गरेका थिए। साथै, वातावरणीय संरक्षणका विषयमा संवादात्मक शिक्षा दिइएको थियो। कार्यक्रमलाई वन विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले सहजीकरण गरेका थिए। उनीहरूले वन संरक्षण, जैविक विविधता, जलवायु परिवर्तन लगायतका विषयमा सहभागीलाइ जानकारी गराएका थिए।

    प्रमुख अतिथि वडा अध्यक्ष फुर्वा लामाले वातावरण संरक्षणलाई स्थानीय तहको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हेटौंडा उपमहानगरपालिकाले वातावरणमैत्री नीति तथा व्यवहारमा जोड दिँदै आएको छ। यस्ता बालमुखी अभियानहरूले वातावरणप्रतिको व्यवहारिक ज्ञान दिन्छन्, जुन दीर्घकालीन रूपमा निकै फलदायी हुन्छ।”कार्यक्रम अध्यक्ष ध्रुव प्रसाद अधिकारीले बालबालिकाहरूको सक्रिय सहभागिताले भावी पुस्तामा वातावरणप्रतिको चासो र जिम्मेवारीको संकेत दिएको उल्लेख गर्दै भने, “हामी सबैको साझा प्रयासबाट मात्रै स्वच्छ, हरित र दिगो वातावरणको निर्माण सम्भव छ। प्रकृति सम्वाद यात्रा जस्ता कार्यक्रमले बालबालिकाहरूमा चेतना र जिम्मेवारीको भावना विकास गर्न सहयोग गर्छ।”

    कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, शान्ति श्रेष्ठ, महासचिव शिवहरी दाहाल, उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, पुन्यवती घिमिरे, सदस्यहरू सुरेश लामिछाने, उर्मिला राना मगर, कमला पौडेल, लिना बरूवाल, माया पौडेल, हरीगोपाल सापकोटा लगायतका साथै सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त कुमार बाँनिया र एनआईसिय हेटौंडाका निश्चल भट्ट लगायतको उपस्थिति रहेको थियो।

    यसै सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि बिहान ७ बजे हेटौंडा औद्योगिक क्षेत्रको खेलमैदानमा विशेष कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। उक्त कार्यक्रममा खाली प्लास्टिकका बोतल साटेर फलफूलका बिरुवा वितरण गरिनेछ। यस अभियानमार्फत वातावरण संरक्षणको सन्देश फैलाउनुका साथै खेरजाने प्लास्टिक व्यवस्थापनमा जनचेतना अभिवृद्धि गराउने उद्देश्य राखिएको छ।

    कार्यक्रमले बालबालिकामाझ वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै प्रकृतिप्रतिको आत्मीयता र जिम्मेवार व्यवहार विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।

    आइतबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
    काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
    • भर्खरै
    • चर्चित
    • १. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • २. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ३. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    • ४. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ५. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • १. जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

    • २. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • ३. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • ५. बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

    • ६. लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

    • ७. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ८. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys