उर्लाबारी। समाजसेवाको उदाहरण प्रस्तुत गर्दै बेलबारी नगरपालिका वडा नं १ निवासी सहयोगी मनकी धनी सुजता घले तथा उनको परिवारले उर्लाबारी–७ स्थित नमुना बालगृहमा आश्रित अभिभावकविहीन बालबालिकालाई सहयोग गरेको छ ।
बिहीबार आयोजित विशेष कार्यक्रममार्फत बालगृहको संरक्षणमा रहेका ६८ जना बालबालिकालाई एक छाक खाना खुवाउनुका साथै आवश्यक लत्ताकपडा, चाउचाउ, बिस्कुट, जुस, खेलौना, टुथपेस्ट, ब्रस, मिठाई तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो।
कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत किशोर–किशोरीहरुलाई प्रोत्साहनस्वरूप प्रति व्यक्ति १५ सय रुपैयाँका दरले नगद पाकेट खर्च समेत प्रदान गरिएको छ।
सहयोग कार्यक्रममा पुष्पा घले, मनमाया गुरुङ, दिपा गुरुङ, तिर्थकुमारी गुरुङ, आइसा श्रेष्ठ, किशोर गुरुङ, राजु घले, रन्जित कार्की, रबिन अधिकारी, योगराज फागो र बिक्रम चापागाईं लगायतको उपस्थिति रहेको थियो।
सहयोगदाताहरूको यो योगदानले बालगृहका बालबालिकाहरूको दैनिक जीवनमा राहत पुर्याउनुका साथै समाजमा सेवा र सहकार्यको भावना प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।