काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको नेवा राष्ट्रिय समितिले यही आउँदो जेठ ३१ गते शनिबार काठमाडौँको गोदावारी नगरपालिका वडा नम्बर ४ ठैब ता:फल्चामा प्रथम ऐतिहासिक अधिवेशन गर्ने भएको छ। नेवा राष्ट्रिय समितिले एक सूचना जारी गर्दै उक्त अधिवेशनबारे जानकारी गराएको हो।
नेवार राष्ट्रिय समितिले गर्न थालिएको प्रथम ऐतिहासिक अधिवेशनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथिता र केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यको उपस्थितिमा उक्त कार्यक्रम गर्न थालिएको बताएको छ।
प्रथम ऐतिहासिक अधिवेशन हुने जानकारी विशेषलाई नेवार राष्ट्रिय समितिले प्रतिनिधि उपस्थित गराइदिने बारे एक सूचना जारी गर्दै सम्पूर्ण जसपा नेपालका जनप्रतिनिधिहरू सम्पूर्णलाई विशेष उपस्थिति गराइदिनु हुन पनि सूचना मार्फत अनुरोध गरिएको छ।
अधिवेशनको समय भने बिहान ठिक ८ बजेदेखि सुरु हुने बताएको छ।