Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
12:14 PM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

रेडियो भरोसा अनलाइन
जेष्ठ २६, २०८२ मा प्रकाशित
Share:

सप्तरी। राजविराज, सप्तरी जिल्लामा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमा स्वयंसेवक तयार गर्ने उद्देश्यले १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम आइतबारदेखि सुरु भएको छ। महादेवा गाउँपालिकाको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयले यो तालिम आयोजना गरेको हो।

महादेवा गाउँपालिका-५ स्थित गाउँपालिकाको सभाहलमा सुरु भएको यस तालिममा ६ वटा वडाबाट छानिएका ३० जनालाई प्रशिक्षण दिइँदैछ। यो तालिम आगामी असार १३ गते शुक्रबार समापन हुनेछ। तालिमले स्थानीयस्तरमै विपद् स्वयंसेवक उत्पादन गरी विपद्पूर्व तयारी तथा प्रतिकार्यमा समुदायलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तालिमको उद्घाटन कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. नेत्रबहादुर कार्कीले नेपालको भौगोलिक बनावट र जलवायु विविधताका कारण देश विपद्को उच्च जोखिममा रहेको बताए। उनले विगतमा विपद्ले ठूलो जनधनको क्षति पुर्‍याएको उदाहरण दिँदै स्थानीयस्तरमा स्वयंसेवक परिचालन गर्न सकेमा उद्धार कार्यमा सुरक्षाकर्मी पुग्नुअघि नै ठूलो क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे। महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले उद्घाटन कार्यक्रममा बोल्दै जलवायु परिवर्तनको असरले कुनै पनि बेला अप्रत्याशित विपद् आउन सक्ने भएकाले स्थानीयस्तरमा स्वयंसेवक उत्पादन गरी सदैव तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए। उनले सशस्त्र प्रहरी बल, नेपालको यस अभियानको प्रशंसा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे।

तालिमको उद्घाटन समारोहमा महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल, सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. नेत्रबहादुर कार्की, गाउँपालिका उपाध्यक्ष, जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृत र महादेवा गाउँपालिकाका वडा अध्यक्षहरूलगायतको उपस्थिति थियो।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys