राक्सिराङ । राक्सिराङ-८, ठूलो टोड्के स्थित श्री आधारभुत विद्यालय ठुलो टोडकेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समाज लामा पुन नियुक्ती भएका छन् । शुक्रबार भएको ५० औं अभिभावक भेलाले समाज लामालाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।
लामाले मिति २०७८ साल चैत्र १५ गते बाट पहिलो पटक विव्यस अध्यक्षको पदभार समालेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भैसकेपछी अध्यक्ष लामाले विद्यलायको गेट सहितको कम्पाउण्ड निर्माण गरेको छ । राक्सिराङ गाउँपालिकाकै नमुनाको रुपमा विद्यालयको प्रशासनिक क्षेत्रमा उल्लेख्य सुधार भएको छ । वार्षिक परिक्षामा राम्रो नतिजा ल्याएर शतप्रतिशत विद्यार्थी सफल भएका छन् । यहि नमुना कार्य सम्पन्न गरेकाले अध्यक्ष समाज लामालाई शैक्षिक सत्र २०८०/८१ मा पालिकाका ५२ वटा सामुदायिक विद्यालय मध्ये उत्कृष्ट अध्यक्षको रुपमा राक्सिराङ गाउँपालिकाले सम्मान गरेको थियो ।
विद्यालयको हितमा राम्रो काम गरेको भन्दै असार १३ गते भएको ५० औं अभिभावक भेलाले समाज लामालाई पुन अध्यक्ष पदमा नियुक्ति गरेको छ । शुक्रबार भएको भेलाबाट अध्यक्ष लामा सहित ७ सदस्यीय विद्यालय व्यवस्थापन समिती चयन भएको छ । जसमा कृष्ण बहादुर थिङ र पार्वती सुनावर मनोनित भएका छन् ।