Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Flash News समाचार

तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

रिपोर्टर: विनोद भट्टराई
असार १८, २०८२
204 views पटक
तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी
1 मिनेट पढ्ने
अपडेट: असार १८, २०८२

तेह्रथुम । तेह्रथुम जिल्ला नेपालको पूर्वी पहाडी भू–भागमा अवस्थित सुन्दर जिल्ला हो । यही जिल्लाको छथर गाउँपालिको प्रमुख धार्मिक तथा पर्यटकिय स्थल मार्गा पोखरी प्राकृतिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा स्थापित भएको छ । हरियाली वनजंगलले घेरिएको, सधैं सफा र स्थिर जलस्रोत बोकेको, धार्मिक आस्थाले परिपूर्ण र पर्यटकीय रुपमा प्रचुर सम्भावना भएको यो पोखरी अहिले प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

मार्गा पोखरी छथर गाउँपालिका वडा नं. १ मा पर्छ । आङ्दिमको शिरमा रहेको यो पोखरी कोशि राजमार्ग हुदै गाडीबाट धनकुटाको सिधुवा बजार देखी सिधुवा–सुक्रबारे सडकखण्ड हुदै चारमाने चोक आइपुग्न सकिन्छ, त्यस्तै छथर गाउँपालिकाको मुख्य केन्द्र शुक्रबारे बजारबाट शुक्रबारे, सिधुवा सडकखण्ड हुदै चारमाने चोक सम्म शवारी यात्राबाट पुगेपछी करिब ३० मिनेट पैदल हिँडेर वा मोटरसाइकलबाट घुमाउरो कच्ची बाटो हुँदै पोखरीसम्म पुग्न सकिन्छ । पोखरी वरपरको क्षेत्र हरियाली जंगलले ढाकिएको छ जसले गर्दा वातावरण शान्त, स्वच्छ र शीतल महसुस हुनेगर्दछ । पोखरीसम्म पुग्ने यात्रामा पहाडको रमणीय दृश्य, चराचुरुङ्गीको चिरबिर आवाज र चिसो बतासले यात्रालाई अझ सुखद र अविस्मरणिय बनाउँदछ ।

मार्गा पोखरीको प्राकृतिक विशेषता
मार्गा पोखरीको सबैभन्दा उल्लेखनीय पक्ष भनेको यसको पानी कहिल्यै सुक्दैन । वर्षा होस् वा खडेरी, पोखरीमा पानीको सतह स्थिर र शान्त हुन्छ । पोखरीको पानी क्रिस्टल–जस्तो सफा हुन्छ र सतहबाट तलसम्म देखिन्छ । स्थानीय जनविश्वास अनुसार, यस पोखरीमा झरेका पातहरू एक विशेष किसिमका चराले सफा गर्छन् भन्ने किंवदन्ती छ ।

यो पोखरीको आकृति गोलाकार जस्तो छ र वरिपरि सानो सानो झाडी तथा रुखहरू छन् । चारैतिरबाट हरियालीले घेरेको यो पोखरी गर्मी समयमा समेत शीतलता प्रदान गर्ने स्थानको रुपमा चिनिन्छ । यहाँ आउने जो कोहीलाई शारीरिक थकान हट्नुका साथै मानसिक शान्ति मिल्ने गर्छ ।

धार्मिक र सांस्कृतिक महत्व
मार्गा पोखरी केवल प्राकृतिक सम्पदा मात्र होइन, यो स्थानले धार्मिक आस्था र परम्परासँग पनि गहिरो सम्बन्ध राख्दछ । यो पोखरी भगवती देवीको बासस्थानको रुपमा मानिन्छ । जनैपूर्णिमाको पावन अवसरमा यहाँ ठूलो मेला लाग्ने गर्छ । टाढाटाढाबाट भक्तजनहरू यहाँ पूजाआजा गर्न, व्रत बस्न, भाकल गर्न तथा स्नान गर्न आउँछन् । यो क्षेत्रमा शेर्पा समुदायको बाक्लो बस्तिभएकाले पोखरीको नजिकै पुर्वकै पहिलो मालिङ गुम्मा समेत रहेको छ । शेर्पा समुदायको खानपान संस्कार संस्कृति रितिरिवाज समेत यस क्षेत्रमा हेर्न पाइने गरेको छ ।

स्थानीय जनविश्वास अनुसार, यस पोखरीमा स्नान गरेमा पापमोचन हुन्छ र सच्चा मनले मागेको वरदान अवश्य पूरा हुन्छ । यसैले धेरै धामी झाँक्रीहरू, साधकहरू तथा साधारण भक्तजनले पनि यहाँ आएर तपस्या, ध्यान र पूजा गर्ने परम्परा रहेको छ ।

संरक्षण र प्रवद्र्धनको अवस्था
पछिल्लो समय गाउँपालिकाको पहलमा पोखरीमा केही पूर्वाधार विकासका कामहरू भएका छन् । पदमार्ग निर्माण, विश्रामस्थल, शौचालय तथा खानेपानीको सुविधा केही हदसम्म उपलब्ध गराइएको छ । पोखरी वरिपरि फोहोर नफाल्नका लागि सचेतना पनि फैलाइएको छ । तर यथेष्ठ संरक्षण तथा दिगो व्यवस्थापनको खाँचो अझै देखिन्छ ।

पछिल्लो समय पोखरीको पानी अलिकति घटेको भन्ने स्थानीयको भनाइ छ । यसले गर्दा पर्यावरणीय सन्तुलनमा असर पर्ने सम्भावना छ । पोखरी वरपरका झाडी हटाउने, थप वृक्षारोपण गर्ने, आगन्तुकका लागि व्याख्या केन्द्र बनाउने, धार्मिक मेलाको व्यवस्थापन व्यवस्थित बनाउने जस्ता कार्यहरू तत्काल गर्न आवश्यक छ ।

पर्यटकीय सम्भावना
यो पोखरी केवल धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण सम्भावना बोकेको स्थल हो । पोखरीको वातावरण अत्यन्त रमणीय छ, जसले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्छ । पहाडबाट देखिने रमाइला दृश्य, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र ऐतिहासिकता मिसिएको यो पर्यटकका लागी स्थान एक आदर्श गन्तव्य बन्नसक्छ ।

प्रदेश नं. १ (हालको कोशी प्रदेश) सरकार र स्थानीय तहले यसलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने दीर्घकालीन योजना ल्याउन सके, यहाँ होमस्टे सञ्चालन, गाइड तालिम, स्थानीय उत्पादनको प्रवद्र्धन, धार्मिक पर्यटनको विकास लगायत विविध कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक असर पर्दछ ।

मार्गा पोखरी तेह्रथुम जिल्लाको एक अनुपम पर्यटकीय र धार्मिक स्थल हो । यसको संरक्षण र प्रवद्र्धनले छथर गाउँपालिकाको मात्र नभइ सिंगो जिल्लाको पहिचान निर्माणमा योगदान पु¥याउन सक्छ । यहाँका प्रमुख सुधारका क्षेत्रहरूः

-स्थायी संरचना (पैदलमार्ग निमार्ण, धर्मशाला, पार्किङ निमार्ण )
-विज्ञापन तथा प्रचारप्रसारको अभाव अन्त्य हुनुपर्दछ ।
-स्थानीय गाइड तथा होमस्टे व्यवस्थापनको तालिम स्थानियलाइ प्रदान गर्नुपर्ने देखिन्छ ।
-पर्यावरणीय संरक्षणका लागि बृक्षारोपण, फोहर व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
-वार्षिक मेलालाई व्यवस्थित ढंगले आयोजना गर्ने र गराउने कार्यलाई प्राथमिकता प्रदान गर्नुपर्ने देखिन्छ ।

मार्गा पोखरी केवल पोखरी मात्र होइन, यो प्राकृतिक वरदान, धार्मिक आस्था र पर्यटन सम्भावनाको त्रिवेणी हो । यसलाई संरक्षित गर्दै विकास गर्ने हो भने छथर गाउँपालिकाको मुख्य आम्दानिको श्रोत बन्नेमा दुइमत छैन । साथै तेह्रथुमको समग्र पहिचान नै पर्यटकिय स्थलको मुख्य केन्द्रको रुपमा प्रस्तुत गर्न सकिन्छ । आजको आवश्यकता हो—स्थानीय, प्रदेश र संघीय तहको समन्वयमा मार्गा पोखरीको सुनियोजित संरक्षण र विकास ।

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

विनोद भट्टराई

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5764 लेख
व्यू
आजको मिति
17
January 2026
Saturday

ट्रेन्डिङ समाचार

1
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2314 views
2
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 896 views
3
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 806 views
4
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 741 views
5
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 701 views

नयाँ समाचार

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म…
15 hours पहिले
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको…
16 hours पहिले
हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत
16 hours पहिले
रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना
16 hours पहिले
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन…
16 hours पहिले

श्रेणीहरू

Flash News5720Uncategorized72अन्तराष्ट्रिय375अर्थ397कृषि समाचार29खेलकुद587मनोरन्जन209मौसम126राजनीति1052राजमार्ग खबर219
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत

15 hours पहिले 51 views

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

16 hours पहिले 35 views

हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

16 hours पहिले 37 views
Radio Bharosa

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2026 Radio Bharosa सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys