हेटौडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात भएको छ।
बिहीबार बिहान हेटौँडा-४ स्थित क्याम्पसदेखि हुप्राचौरतर्फ निस्कने सडक विस्तारको कामको विषयमा हेटौँडा क्याम्पस अगाडि छलफल भइरहँदा उनीमाथि हातपात भएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष सिग्देलमाथि काभ्रे जिल्लाको रोशी गाउँपालिकाका मञ्जु लामाले हातपात गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।