हेटौँडा। जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको हो।
एसपी खड्काले यादवमाथि गालीगलौज गरेको आरोप लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र यादवको खोजी कार्य जारी रहेको जनाएको छ।