भीमफेदी। परापुर्बकाल देखी चलीआएको पौरानीक क्षमा पुजा यस पटक अषाढ २१ गते शनीबार भिमफेदीको वडानं ६ स्थित भीमसेन मन्दिरमा आयोजना हुने भएको छ ।
कार्यक्रम अनुसार शनिबार बिहान नित्य पुजा सञ्चालन हुने तथा सांझ ५ बजे जेष्ठ नागरीक बाट क्षेमा पुजा आयोजना गरी सर्बसाधारण लाइ पुजा खुल्ला गरीने छ ।क्षेमा पुजा सम्पन्न पश्चात परम्परागत स्थानिय बाट संकलन बिबिध खाधान्न तथा बिशेस राङ्गोको मासु बाट तयार गरेको छोयला मिसावट “समय बजी” प्रसाद बितरण गरीने छ ।
समय् बजि (नेवारी: समय् बजि) नेवारी समुदायको पारम्परिक परिकार हो । विदेशीहरू माझ यो खानाको नेपाल मा आकर्षण समेत रहेको छ । यो परिकार नेपालीहरूको विशेष परिकार हो । यो खाना धेरै पुस्ताहरूबाट सर्दै आएको भएता पनि मानिसहरू माझ यसको लोकप्रियता उस्तै छ ।
यो परिकार परिवारको जमघट तथा नेवारी पर्वहरूमा खुवाइने गर्दछ । यो परिकार खुवाउनको लागि कुनै विशेष पर्व वा चाड हुनु पर्दैन, यो परिकारको सजिलो भएकोले वर्ष भरि नै यसलाई खानाको रूपमा प्रयोग गर्ने गरिन्छ । समय् बजि नेवारी समुदायको हरेक कार्यक्रममा प्रयोग हुने गर्दछ ।
यसरी क्षमा पुजा गर्दा मानविय चोलामा अन्जानमा भएको भुल लाइ क्षमा प्रप्त हुने जन बिश्वास रहेको छ। यस किसिमको पुजा गर्दा प्रकृतिक दैबि बिप्पति आइ नपर्ने तथा बाढि पहिरो चट्ट्याङ बाट सुरक्षित हुने आस्था रहेको छ ।