• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   बुधबार, असार २५, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
  • १२ घण्टा अगाडि

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
  • २ दिन अगाडि

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
  • ३ दिन अगाडि

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान
  • ३ दिन अगाडि

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ
  • ३ दिन अगाडि

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
  • ३ दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता
  • ३ दिन अगाडि

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु
  • ३ दिन अगाडि

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या
  • ३ दिन अगाडि


रोटरी र रोट्याक्ट क्लबको स्थापना तथा सपथ ग्रहण

  •  रेडियो भरोसा अनलाइन
  • शनिबार, असार २१, २०८२ मा प्रकाशित

    हेटौंडा। रोटरी क्लब अफ हेटौंडाको ३४ औं र रोट्याक्ट क्लब अफ हेटौंडाको १० औं स्थापना तथा सपथ ग्रहण कार्यक्रम शनिबार हेटौंडामा भएको छ । आगामी २०२५–२६ कार्यकालका लागि नयाँ कार्यसमितिको पदस्थापनसँगै रोटरी क्लब अफ हेटौंडाको मुखपत्र स्मारिका विमोचन, उत्कृष्ट विद्यार्थी सम्मान, साँस्कृतिक कार्यक्रम लगाएत सम्पन्न भएको थियो ।

    कार्यक्रममा रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी (डिजीएन) डा. ईश्वरी प्रसाद ढकालले सपथ ग्रहणसँगै रोटरी क्लब अफ हेटौंडाको वर्ष २०२५/२६ का अध्यक्ष प्रमेश प्रधानलाई चार्टर प्रमाणपत्र, पिन, कोलार र ज्यावल हस्तान्तरण गरिएको थियो । साथै, अध्यक्ष प्रधानले बोर्ड समितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

    रोटरी क्लब अफ हेटौंडाको नव अध्यक्ष प्रमेश प्रधानको नेतृत्वमा २२ सदस्यीय बोर्ड समितिको पदस्थापन भएको थियो । नयाँ बोर्ड समितिमा प्रकाश ढकाल निवर्तमान अध्यक्ष, किशोर पराजुली प्रेसिडेन्ट इलेक्ट, अर्पण सञ्जेल उपाध्यक्ष, रामबहादुर थापा सचिव र सुदर्शन ढकाल कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

    साथै, स्वागतराज प्याकुरेल सार्जेन्ट एट आम्र्स, धिरजकुमार कार्की टीआरएफ डाइरेक्टर, उज्वल शर्मा भण्डारी सदस्यता निर्देशक, बासु न्यौपाने पब्लिक इमेज निर्देशक, सरोज देवकोटा सर्भिस प्रोजेक्ट निर्देशक, रोशन सेन गुप्ता युथ सर्भिस निर्देशक, दिपेश जोशी टीच चेयर, श्याम मुडभरी हेल्थ एण्ड इन्भाइरोन्मेन्ट चेयर, गोमा कुमारी बराल एडिसन एण्ड प्रिभेन्सन चेयर, सुवाशराज पराजुली क्लब मेन्टर, उमाप्रसाद रौनियार क्लब ट्रेनर, प्रदीप सुवेदी जोइन्ट सेक्रेटरी, राजन न्यौपाने जोइन्ट ट्रेजर, बिकास श्रेष्ठ प्रकाशन सम्पादक र दिपक अधिकारी वेबमास्टरको जिम्मेवारीमा नियुक्त भएका छन् ।

    कार्यक्रममा भोकेश्नल एक्सीलेन्सी अवार्डका लागि अक्षय कोषका लागि रुद्रकुमारी वैद्यले ३ लाख २५ हजारको चेक हस्तान्तरण गरेका थिए । साथै, वैद्यले १ लाख ७५ हजार रुपैया यसअघि नै प्रदान गरेका थिए भने ६ लाख थपेर ११ लाख रुपैयाको अक्षय कोष स्थापना गरिएको बताईएको छ ।

    कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश ढकालले संस्थाको वर्ष २०२४/२५ को गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष अर्पण सञ्जेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष प्रमेश प्रधानले आफ्नो कार्यकालको पहिलो बैठक संचालन गर्दै भावी कार्ययोजना प्रस्तुत गर्दै अतिथीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

    साथै, रोट्रयाक्ट क्लब अफ हेटौंडाको १० औं पदस्थापन तथा सपथ कार्यक्रम पनि शनिबारै सम्पन्न भएको छ । कार्यक्रममै मकवानपुर जिल्लामा एसईई परिक्षामा प्रथम विद्यार्थी अस्मिता घिमिरेलाई नगद सहित सम्मान पनि गरिएको थियो ।
    कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौंडाका वर्ष २०२५/२६ अध्यक्ष केशर श्रेष्ठसहित बोर्ड समितिका पदाधिकारीलाई पदस्थापन तथा सपथ गरिएको थियो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौंडाकी निवर्तमान अध्यक्ष सुमित्रा लामाले संस्थाको वर्ष २०२४/२५ को गतिविधिहरु प्रस्तुत गरेकी थिईन् ।

    कार्यक्रम कार्यक्रममा रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी (डिजीएन) डा. ईश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्य तथा रोटरी क्लब अफ हेटौंडाका वर्ष २०२५/२६ का अध्यक्ष प्रमेश प्रधानको सभाध्यक्षतामा भएको थियो ।
    कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ रिजन ६ र जोन ३५ का असिस्टेन्ट गभर्नर(एजी) हरिकुमार श्रेष्ठ र जोन ३४ का एजी धनबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्य रहेको थियो ।

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
    मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
    वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
    • भर्खरै
    • चर्चित
    • १. सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

    • २. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ३. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ४. भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

    • ५. गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

    • १. सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

    • २. मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

    • ३. तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    • ४. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ५. हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

    • ६. अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

    • ७. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ८. जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

    • ९. बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

    • १०. भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys