Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

रोटरी र रोट्याक्ट क्लबको स्थापना तथा सपथ ग्रहण

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
असार २१, २०८२
89 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
रोटरी र रोट्याक्ट क्लबको स्थापना तथा सपथ ग्रहण
0 मिनेट पढ्ने
अपडेट: असार २१, २०८२
Advertisement

हेटौंडा। रोटरी क्लब अफ हेटौंडाको ३४ औं र रोट्याक्ट क्लब अफ हेटौंडाको १० औं स्थापना तथा सपथ ग्रहण कार्यक्रम शनिबार हेटौंडामा भएको छ । आगामी २०२५–२६ कार्यकालका लागि नयाँ कार्यसमितिको पदस्थापनसँगै रोटरी क्लब अफ हेटौंडाको मुखपत्र स्मारिका विमोचन, उत्कृष्ट विद्यार्थी सम्मान, साँस्कृतिक कार्यक्रम लगाएत सम्पन्न भएको थियो ।

कार्यक्रममा रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी (डिजीएन) डा. ईश्वरी प्रसाद ढकालले सपथ ग्रहणसँगै रोटरी क्लब अफ हेटौंडाको वर्ष २०२५/२६ का अध्यक्ष प्रमेश प्रधानलाई चार्टर प्रमाणपत्र, पिन, कोलार र ज्यावल हस्तान्तरण गरिएको थियो । साथै, अध्यक्ष प्रधानले बोर्ड समितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

रोटरी क्लब अफ हेटौंडाको नव अध्यक्ष प्रमेश प्रधानको नेतृत्वमा २२ सदस्यीय बोर्ड समितिको पदस्थापन भएको थियो । नयाँ बोर्ड समितिमा प्रकाश ढकाल निवर्तमान अध्यक्ष, किशोर पराजुली प्रेसिडेन्ट इलेक्ट, अर्पण सञ्जेल उपाध्यक्ष, रामबहादुर थापा सचिव र सुदर्शन ढकाल कोषाध्यक्षको जिम्मेवारीमा रहेका छन् ।

साथै, स्वागतराज प्याकुरेल सार्जेन्ट एट आम्र्स, धिरजकुमार कार्की टीआरएफ डाइरेक्टर, उज्वल शर्मा भण्डारी सदस्यता निर्देशक, बासु न्यौपाने पब्लिक इमेज निर्देशक, सरोज देवकोटा सर्भिस प्रोजेक्ट निर्देशक, रोशन सेन गुप्ता युथ सर्भिस निर्देशक, दिपेश जोशी टीच चेयर, श्याम मुडभरी हेल्थ एण्ड इन्भाइरोन्मेन्ट चेयर, गोमा कुमारी बराल एडिसन एण्ड प्रिभेन्सन चेयर, सुवाशराज पराजुली क्लब मेन्टर, उमाप्रसाद रौनियार क्लब ट्रेनर, प्रदीप सुवेदी जोइन्ट सेक्रेटरी, राजन न्यौपाने जोइन्ट ट्रेजर, बिकास श्रेष्ठ प्रकाशन सम्पादक र दिपक अधिकारी वेबमास्टरको जिम्मेवारीमा नियुक्त भएका छन् ।

कार्यक्रममा भोकेश्नल एक्सीलेन्सी अवार्डका लागि अक्षय कोषका लागि रुद्रकुमारी वैद्यले ३ लाख २५ हजारको चेक हस्तान्तरण गरेका थिए । साथै, वैद्यले १ लाख ७५ हजार रुपैया यसअघि नै प्रदान गरेका थिए भने ६ लाख थपेर ११ लाख रुपैयाको अक्षय कोष स्थापना गरिएको बताईएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश ढकालले संस्थाको वर्ष २०२४/२५ को गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष अर्पण सञ्जेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष प्रमेश प्रधानले आफ्नो कार्यकालको पहिलो बैठक संचालन गर्दै भावी कार्ययोजना प्रस्तुत गर्दै अतिथीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

साथै, रोट्रयाक्ट क्लब अफ हेटौंडाको १० औं पदस्थापन तथा सपथ कार्यक्रम पनि शनिबारै सम्पन्न भएको छ । कार्यक्रममै मकवानपुर जिल्लामा एसईई परिक्षामा प्रथम विद्यार्थी अस्मिता घिमिरेलाई नगद सहित सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौंडाका वर्ष २०२५/२६ अध्यक्ष केशर श्रेष्ठसहित बोर्ड समितिका पदाधिकारीलाई पदस्थापन तथा सपथ गरिएको थियो । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ हेटौंडाकी निवर्तमान अध्यक्ष सुमित्रा लामाले संस्थाको वर्ष २०२४/२५ को गतिविधिहरु प्रस्तुत गरेकी थिईन् ।

कार्यक्रम कार्यक्रममा रोटरी ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी (डिजीएन) डा. ईश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्य तथा रोटरी क्लब अफ हेटौंडाका वर्ष २०२५/२६ का अध्यक्ष प्रमेश प्रधानको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ रिजन ६ र जोन ३५ का असिस्टेन्ट गभर्नर(एजी) हरिकुमार श्रेष्ठ र जोन ३४ का एजी धनबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्य रहेको थियो ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya