• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   बुधबार, असार २५, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
  • १३ घण्टा अगाडि

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
  • २ दिन अगाडि

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
  • ३ दिन अगाडि

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान
  • ३ दिन अगाडि

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ
  • ३ दिन अगाडि

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
  • ३ दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता
  • ३ दिन अगाडि

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु
  • ३ दिन अगाडि

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या
  • ३ दिन अगाडि


भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या

  •  रेडियो भरोसा अनलाइन
  • आइतबार, असार २२, २०८२ मा प्रकाशित

    भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ। यस घटनामा ज्वाइँ राजेन्द्र राईले आफ्ना सासू, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र १० वर्षीय छोरा सपन गिरीको हत्या भएको हो।

    शनिबार राति करिब १ बजेतिर राजेन्द्र राई आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि चक्कु प्रहार भएको र त्यसपछि आफूले मान्छे मारेको स्वीकार गर्दै पक्राउ गर्न अनुरोध गरेका थिए। सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

    प्रहरीले घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा चारै जनाको शव फेला पारेको थियो। राजेन्द्र राईलाई भने घटनास्थलबाट करिब ४-५ किलोमिटर टाढा रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ। उनको पेटमा धारिलो हतियारको चोट रहेको र हाल जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

    प्रारम्भिक बयानका क्रममा राईले शनिबार राति करिब ११ बजे सासूले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको बताएका छन्। इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, ‘उनी बिस्तारै बोल्न सक्छन् र आफूले हत्या गरेको भनेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
    प्रहरीका अनुसार राजेन्द्र राईले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए।

    यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
    मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
    वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
    • भर्खरै
    • चर्चित
    • १. सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

    • २. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ३. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ४. भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

    • ५. गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

    • १. सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

    • २. मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

    • ३. तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    • ४. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ५. हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

    • ६. अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

    • ७. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ८. जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

    • ९. बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

    • १०. भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys