Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
12:22 PM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

सरकारको कडाईपछि सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा, अनलाइनमार्फत कागजात बुझाउन सकिने

रेडियो भरोसा अनलाइन
भदौ २०, २०८२ मा प्रकाशित
Share:

काठमाडौं, भदौ २० गते । पछिल्लो समयमा सरकारले दर्ता हुन नआएका सामाजिक सञ्जाललाई नेपालमा सञ्चालन गर्न नदिने निर्णय गरेपछि विभिन्न एप र सामाजिक सञ्जाल कम्पनीहरू सूचीकरणको प्रक्रियामा आउन थालेका छन्।

गएको बिहीबार सरकारको निर्देशनअनुसार २६ वटा सामाजिक सञ्जाललाई निस्क्रिय बनाउने कार्य अगाडि बढाइएपछि ‘हाम्रो पात्रो’ एपले सोही दिनको साँझभित्रै दर्ता प्रक्रियामा प्रवेश गरेको जानकारी प्राप्त भएको छ। त्यसैगरी केही सामाजिक सञ्जालहरूले नेपालमा सूचीकरण हुन आवश्यक कागजात इमेलमार्फत माग गरेका छन्।

सूचीकरण गर्न चाहने कम्पनीहरूले नेपाल सरकारसमक्ष केही कागजात बुझाउनुपर्ने हुन्छ। ती कागजातहरूमा —

निवेदन : सरकारलाई सम्बोधन गरी पेश गर्नुपर्ने आधिकारिक आवेदनपत्र।

फोकल पर्सन : नेपालमै एक जना सम्पर्क व्यक्ति तोक्नुपर्ने, जसको ठेगाना र फोन नम्बर अनिवार्य हुनेछ।

कम्पनी दर्ता प्रमाणपत्र : कम्पनीको आधिकारिक दर्ता प्रमाणपत्रको प्रतिलिपि।

करदाता नम्बर (प्यान) : कम्पनीसँग रहेको करदाता नम्बर (प्यान) तथा आवश्यक विवरण।

बिजनेस सिनोप्सिस : नेपालमा कम्पनीले गर्ने व्यवसाय तथा उद्देश्यबारे संक्षिप्त विवरण।

यी विवरण प्राप्त भएपछि सरकारले जाँच गर्नेछ। अपूरा कागजात भए थप विवरण मागिनेछ भने पूरा भए सहजै सूचीकरणमा प्रवेश गर्न सकिनेछ।

सूचीकरणमा प्रवेश गरेका सामाजिक सञ्जालहरूले नेपाल सरकारको नियमन र मुलुकको कानुनी प्रावधान पालना गर्नुपर्ने हुन्छ। संविधानले वर्जित गरेका सामग्री — जस्तै राष्ट्रिय अखण्डता, जातीय भेदभाव तथा विभाजनकारी गतिविधि — प्रकाशित नगर्नुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्ने सरकारको भनाइ छ।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys