Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

हेटौडा–१७ मा शिवम सिमेन्ट उद्योगको प्रदूषण : स्थानीयको स्वास्थ्य संकट गहिरिँदै, सम्बन्धित निकायको मौनतामा रोष

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
मंसिर ३, २०८२
128 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
हेटौडा–१७ मा शिवम सिमेन्ट उद्योगको प्रदूषण : स्थानीयको स्वास्थ्य संकट गहिरिँदै, सम्बन्धित निकायको मौनतामा रोष
1 मिनेट पढ्ने
अपडेट: मंसिर ३, २०८२
Advertisement

हेटौंडा, मंसिर ३ गते । हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम सिमेन्ट उद्योगबाट उत्पन्न हुँदै आएको अत्यधिक धुलो–धुवाँ, ओभर–लोड, खानीजन्य जोखिम तथा भू–गर्भीय जल दोहनका कारण स्थानीय बासिन्दा गम्भीर स्वास्थ्य समस्या र वातावरणीय संकटमा परेको आरोप बढ्दो छ। सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत उठाएको मुद्दाले उद्योगको व्यवहार, दादागिरी र नियमनकारी निकायको मौनता प्रति प्रश्नचिन्ह उब्जिएको छ।

स्थानीयका अनुसार बाक्लो बस्ती, विद्यालय र समुदायको बीचमै सञ्चालन भइरहेको उद्योगले दैनिक रूपमा उडाइरहेको धुलो–धुवाले विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरूमा श्वासप्रश्वाससम्बन्धी रोग तीव्र बनाइरहेको छ। दम (Asthma), ब्रोंकाइटिस, लगातार खोकी, छाला तथा आँखा सम्बन्धी समस्या व्यापक देखिन थालेका छन्।

धुलोयुक्त हावा, दूषित घाँस र पानीका कारण पशु–चौपायामा समेत फोक्सो र श्वाससम्बन्धी समस्या देखिन थालेको, दूध उत्पादन र प्रजनन क्षमतामा असर परेको स्थानीयको गुनासो छ। प्रदूषित हावा र कणयुक्त धुलोले बोटबिरुवाको वृद्धि रोकिएको, पातमै बाक्लो धुलो बसेर वनस्पतिमा जीवनचक्र नै प्रभावित भएको देखिन्छ।

यति गम्भीर स्वास्थ्य तथा वातावरणीय जोखिम हुँदाहुँदै पनि स्थानीय प्रशासन, वातावरण विभाग तथा अन्य जिम्मेवार निकाय मौन बस्नुले “के यो पनि कुनै सेटिङको नतिजा हो?” भन्ने प्रश्न सर्वत्र उठेको छ। अभियान्ता महतका अनुसार, “मानव स्वास्थ्य, जनावरको अस्तित्व र प्रकृतिको सन्तुलनभन्दा ठूलो उद्योग हुनै सक्दैन, तर निकायहरूको निष्क्रियता र उद्योगको आक्रामक व्यवहारले स्थानीयको पीडा निरन्तर बढाइरहेको छ।”

स्थानीयवासी र सामाजिक अभियन्ताहरूले तत्काल अनुगमन, समाधान तथा कडाइका लागि सरकार र सम्बन्धित निकायको छिटो ध्यानाकर्षण गराउँदै समस्या समाधानको पहल गर्न तयारी रहेको बताएका छन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya