Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Flash News स्थानिय समाचार

अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान

रिपोर्टर: सशान्त तामाङ
मंसिर १८, २०८२
120 views पटक
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
1 मिनेट पढ्ने
अपडेट: मंसिर १८, २०८२

हेटौंडा, मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, मकवानपुर अपाङ्ग उत्थान समाजको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको समन्वय र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।

संयुक्त राष्ट्रसंघले सन् १९९२ देखि मनाउँदै आएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवस यस वर्ष “Fostering Disability Inclusive Societies for Advancing Social Progress” भन्ने अन्तर्राष्ट्रिय नारा तथा “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने राष्ट्रिय मूल नारासहित मनाइँदैछ। त्यसकै सामाजिक उत्तरदायित्व र मानव सेवा भावनालाई मूर्त रूप दिन यो रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा माननीय बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए भने मकवानपुर अपाङ्ग उत्थान समाजका अध्यक्ष ठाकुरराम थापाले कार्यक्रमको अध्यक्षता गरेका थिए। प्रमुख अतिथि श्रेष्ठले रक्तदानलाई “मानव जीवन रक्षासँग जोडिएको उच्चतम सामाजिक सेवा” भन्दै समाजका सबै तहमा समावेशीता विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताए।

त्यस्तै, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठले रक्तदान कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरू सेवाग्राही मात्र नभई समाजका सक्रिय योगदानकर्ता पनि हुन् भन्ने सन्देश बलियो रूपमा स्थापित गरेको उल्लेख गरे।

अन्य अतिथिहरूले पनि रक्तदान जीवनदान भएको उल्लेख गर्दै यस्ता सामाजिक सेवा कार्यक्रमहरूले समावेशी सहकार्य, संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई थप सबल बनाउने धारणा व्यक्त गरे।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका नि. सचिव अमृत अधिकारी, सुरक्षाङ्गका प्रमुख, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, अपाङ्ग महासंघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वयंसेवी तथा युवाहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममार्फत ४० जनाले रक्तदान गरेका छन्।

यसै अवसरमा दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा उपविजेता बनेकी मकवानपुरकी खेलाडी देवकी थापा मगरलाई विशेष सम्मान पनि प्रदान गरिएको थियो।

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5764 लेख
व्यू
आजको मिति
17
January 2026
Saturday

ट्रेन्डिङ समाचार

1
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2314 views
2
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 896 views
3
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 806 views
4
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 741 views
5
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 701 views

नयाँ समाचार

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म…
14 hours पहिले
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको…
15 hours पहिले
हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत
15 hours पहिले
रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना
15 hours पहिले
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन…
16 hours पहिले

श्रेणीहरू

Flash News5720Uncategorized72अन्तराष्ट्रिय375अर्थ397कृषि समाचार29खेलकुद587मनोरन्जन209मौसम126राजनीति1052राजमार्ग खबर219
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत

14 hours पहिले 51 views

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

15 hours पहिले 35 views

हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

15 hours पहिले 37 views
Radio Bharosa

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2026 Radio Bharosa सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys