Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Flash News स्थानिय समाचार

हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण

रिपोर्टर: सशान्त तामाङ
मंसिर १९, २०८२
98 views पटक
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
0 मिनेट पढ्ने
अपडेट: मंसिर १९, २०८२

हेटौँडा, मंसिर १९ गते । सडक डिभिजन कार्यालय हेटौडाले जारी गरेको १५ दिने सूचना आज रातिदेखि सकिँदै जाँदा भोलिदेखि हेटौँडामा डोजर चल्ने–नचल्ने भन्ने बुझाइलाई स्पष्ट गर्दै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहनराज जोशीले आवश्यक तयारी पूरा भइसकेको बताएका छन्।

मंसिर ५ गते सडक विस्तारका लागि बजार क्षेत्र खाली गराउन घरधनी तथा व्यवसायीलाई १५ दिने सूचना जारी गरिएको थियो। उक्त समयसीमा आज सकिँदैछ। सूचनाअनुसार तोकिएको क्षेत्रभित्र रहेका संरचनाहरू स्वतः नहटेमा भोलिदेखि सडक डिभिजनले नै हटाउने प्रक्रियामा अघि बढ्ने बताइएको छ।

सहायक सीडीओ जोशीका अनुसार हटाउने क्रममा सम्भावित अवरोध र प्रतिरोधलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा कायम राख्दै आवश्यक सुरक्षा बल परिचालन गर्न तयारी पूरा गरिसकेको छ। यसका लागि जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले संयुक्त रूपमा सुरक्षा टास्क फोर्स गठन गरिसकेको समेत उनले जानकारी दिए।

“सडक डिभिजनको निर्देशनअनुसार आवश्यक ठाउँमा सुरक्षा टास्क फोर्स परिचालन हुन्छ। परिस्थितिअनुसार सुरक्षाको घेराबन्दी कति हुनु पर्ने हो, त्यसैअनुसार बल प्रयोग हुनेछ,” जोशीले भने।

पत्रकारहरूले सर्वोच्च अदालतबाट आएको रोक आदेशसम्बन्धी प्रश्न उठाउँदा जोशीले अहिले सम्म जिल्ला प्रशासनलाई कुनै आधिकारिक पत्र प्राप्त नभएको बताए।
“सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सूचना आएको देखिन्छ तर आधिकारिक पत्र हाम्रो निकायमा आएको छैन। त्यसैले भोलिको कार्यमा तत्काल कुनै रोक छैन,” उनले स्पष्ट पारे।

उनका अनुसार अब आधिकारिक पत्र प्राप्त भएपछिको निर्देशन अनुसार मात्र प्रशासनले अर्को निर्णय लिन सक्नेछ।
“अहिले भने हिजो–अस्तिदेखि बनेको तयारीमै हामी अघि बढिरहेका छौँ,” उनले भने।

जोशीका अनुसार सम्भावित हड्ताल, विरोध वा अवरोधका अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले आवश्यकता अनुसार सुरक्षात्मक संयन्त्र तत्पर राखेको छ।

भोलि बिहानैदेखि संरचना हटाउने मेसिनरी तथा जनशक्ति परिचालन गरिने सडक डिभिजन कार्यालयले जनाएको छ।

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5764 लेख
व्यू
आजको मिति
17
January 2026
Saturday

ट्रेन्डिङ समाचार

1
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2314 views
2
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 896 views
3
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 806 views
4
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 741 views
5
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 701 views

नयाँ समाचार

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म…
15 hours पहिले
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको…
16 hours पहिले
हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत
16 hours पहिले
रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना
16 hours पहिले
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन…
16 hours पहिले

श्रेणीहरू

Flash News5720Uncategorized72अन्तराष्ट्रिय375अर्थ397कृषि समाचार29खेलकुद587मनोरन्जन209मौसम126राजनीति1052राजमार्ग खबर219
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत

15 hours पहिले 51 views

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

16 hours पहिले 35 views

हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

16 hours पहिले 37 views
Radio Bharosa

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2026 Radio Bharosa सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys