Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
पुस २२, २०८२
2381 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
0 मिनेट पढ्ने
अपडेट: पुस २२, २०८२
Advertisement

मनहरी गाउँपालिका,पुस २२ गते । श्री सीता माध्यमिक विद्यालयले आफ्नो ५०औँ स्वर्ण जयन्तीको अवसरमा आयोजना गरेको तीनदिने महोत्सव अन्तर्गत आज दोस्रो दिनको कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।

कार्यक्रमकी प्रमुख अतिथि तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विद्यालयले आफ्नो पचासौँ स्वर्ण जयन्ती यसरी निरन्तर कार्यक्रममार्फत मनाउनु सुखद र उदाहरणीय कार्य भएको बताइन्। विद्यालयस्तरीय महोत्सवले समुदायमा उत्साह र खुसीको वातावरण सिर्जना गरेको उल्लेख गर्दै उनले सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न होस् भनी शुभकामना व्यक्त गरिन्।

उनले विकासको मूल आधार शिक्षा नै भएको स्पष्ट पार्दै गुणस्तरीय शिक्षा बिना सडक, बिजुली, खानेपानीजस्ता भौतिक पूर्वाधारले मात्र विकासको अनुभूति दिन नसक्ने बताइन्। “विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएमा सबै सुविधा हुँदाहुँदै पनि समाज अँध्यारोमै बसेको सरह हुन्छ,” उनले भनिन्। करिब ५०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा सबै विद्यार्थीको भविष्य शिक्षासँग जोडिएको भन्दै शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र समाज सबैको साझा जिम्मेवारी रहेकोमा उनले जोड दिइन्।

विशिष्ट अतिथिका रूपमा उपस्थित मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले श्री सीता माध्यमिक विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। मनहरी गाउँपालिका मात्र नभई जिल्लामै उत्कृष्ट नतिजा ल्याउने क्षमता विद्यालयसँग रहेको उल्लेख गर्दै उनले सामुदायिक विद्यालयप्रति अभिभावकको भरोसा बढ्दै गएको धारणा राखे।

उनले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मजबुत हुँदै गएको, सरकारी विद्यालयमा समेत इन्ट्रान्स प्रणाली सुरु भएको र संघीय शासन व्यवस्थाले स्थानीय तहसम्म शिक्षा सुधारका अवसर ल्याएको बताए। संघीय व्यवस्थाकै कारण कक्षा १ देखि ८ सम्म निःशुल्क शिक्षा, बालमैत्री स्थानीय तह, विद्यालय बस सेवा, नर्स सेवा तथा शिक्षक व्यवस्थापनजस्ता सुधारात्मक कार्यक्रम सम्भव भएको उनको भनाइ थियो।

त्यसैगरी विशेष अतिथिका रूपमा उपस्थित मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले पालिकाभित्र रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये श्री सीता मावि पनि महत्वपूर्ण विद्यालय भएको बताइन्। गुणस्तरीय तथा निःशुल्क शिक्षाका लागि पालिका निरन्तर छलफल र तयारीमा जुटिरहेको उल्लेख गर्दै आर्थिक अवस्थाका कारण अध्ययन गर्न नसक्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति व्यवस्था गर्दै विद्यालयसम्म ल्याउने प्रयास भइरहेको जानकारी दिइन्।

उनले कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको बताउँदै अभिभावकले आफ्ना छोराछोरी विद्यालय गइरहेका छन् कि छैनन् भन्ने विषयमा जिम्मेवार निगरानी गर्नुपर्नेमा जोड दिइन्। “हाम्रो सबैभन्दा ठूलो सम्पत्ति भनेकै छोराछोरीको भविष्य हो,” उनले भनिन्।

कार्यक्रममा अतिथिका रूपमा उपस्थित मनहरी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजकुमार पाख्रिनले विद्यालयलाई प्राथमिक तहदेखि माध्यमिक तहसम्म विस्तार गर्न प्रमुख अतिथि कुमारी मोक्तानको महत्वपूर्ण सहयोग रहेको बताए। शिक्षा, सडक र खानेपानीलगायत विकासका क्षेत्रमा उहाँको योगदानकै कारण मनहरी गाउँपालिका आज विकासको गतिमा अघि बढिरहेको उनको भनाइ थियो।

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थिङले विद्यालयले ५०औँ स्वर्ण जयन्ती मनाउन सफल हुनु सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको बताए। दोस्रो दिन पनि उल्लेख्य उपस्थिति रहेकोप्रति धन्यवाद व्यक्त गर्दै उनले माघ २३ गते हुने समापन कार्यक्रममा अझ ठूलो सहभागिताका लागि सबैलाई आग्रह गरे।

आयोजक समितिका अनुसार भोलि हुने समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व सांसद महेश बर्तौला उपस्थित हुनेछन्। साथै लोकदोहोरी गायिका बालिका तामाङ, देवलाल मोक्तान, महेश नेपाली आरोह लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ।

आजको दोस्रो दिनको कार्यक्रममा सेलो गायिका सुमिना लो, स्थानीय र्‍यापर इमान मोक्तान र महेश नेपाली आरोहको बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा विभिन्न अतिथि, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन विशेष डटकमका सञ्चालक तथा पत्रकार सन्देश थिङले गरेका थिए।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2381 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya