Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत

सशान्त तामाङ
रिपोर्टर: सशान्त तामाङ
माघ २, २०८२
85 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत
1 मिनेट पढ्ने
अपडेट: माघ २, २०८२
Advertisement

हेटौंडा, माघ २ गते । हेटौंडा उपमहानगरपालिकामा सञ्चालन हुने मेला तथा महोत्सवहरू कानुन, कार्यविधि र जनसरोकारअनुसार नै हुनुपर्ने भन्दै सामाजिक अभियन्ता तथा सेवा–सहयोग र आवाज समूहका अध्यक्ष विशाल राज महतले सु-सासनको पहल स्वरूप स्पष्ट धारणा सार्वजनिक गरेको छ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा हेटौंडा उपमहानगरपालिकाले मेला सञ्चालनको अनुमति दिने अधिकार राख्ने र हेटौंडा राजपत्र २०८२/०२/२३ अनुसार जारी मेला, महोत्सव तथा प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि अनिवार्य रूपमा लागू हुने उल्लेख गरेको छ। सो कार्यविधिअनुसार नगरप्रमुख स्वयं अनुगमन संयोजक रहने व्यवस्था रहेको पनि स्मरण गराइएको छ।

स्टाटसमा मेलाको उद्देश्य केवल मनोरञ्जन र स्टल सीमित नभई कानुनी दायित्व, सार्वजनिक जिम्मेवारी र जन-सुरक्षासँग जोडिएको कार्य भएको उल्लेख गरिएको छ। आयोजक संस्थाले दर्शकको बीमा, सुरक्षा व्यवस्थापन, दुर्घटनाको क्षतिपूर्ति तथा कानुनी उत्तर-दायित्व वहन गर्नुपर्ने स्पष्ट गरिएको छ। नियम उल्लंघन भए अनुमति रद्द, जरिवाना वा फौजदारी कारबाहीसम्म हुनसक्ने चेतावनी पनि दिइएको छ।

त्यसैगरी मेला सञ्चालन समय, मनोरञ्जन शुल्क, प्रवेश शुल्क, स्टल बुकिङमा स्थानीय व्यवसाय, बागमती प्रदेशभित्र उत्पादित वस्तु, नयाँ प्रविधि र हेटौंडा उपमहानगरभित्रका व्यवसायलाई प्राथमिकता दिनुपर्ने प्रावधान स्मरण गराइएको छ।

अश्लील कार्यक्रम, जुवा, लटरी, मादक तथा लागूपदार्थ निषेध, ध्वनि प्रदूषण नियन्त्रण, खाद्य स्वच्छता, प्राथमिक उपचार कक्ष, आपतकालीन सम्पर्क नम्बर सार्वजनिक, कर–शुल्क पारदर्शिता तथा मेला सम्पन्नपछि प्रतिवेदन बुझाउनुपर्ने अनिवार्यतामा विशेष जोड दिइएको छ।

अध्यक्ष महतले “कानुन पालना हाम्रो पहिलो अनुरोध हो, पालना नभए खबरदारी, ध्यानाकर्षण र कानुनी उपचारसम्म जान हामी प्रतिबद्ध छौँ” भन्दै यसलाई सु-सासन कार्यान्वयनको पहिलो कदमका रूपमा लिन आग्रह गरेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

सशान्त तामाङ

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2381 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 995 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 706 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
15 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
15 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

15 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

15 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya