आज पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच
भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार आज पनि भेटवार्ता हुँदैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरूबीच शुक्रबार दिउँसो ३ बजे भेटवार्ता हुनेछ । यी दुई नेताबीच बिहीबार पनि सिंहदरवारमा भेटवार्ता भएको थियो । भेटवार्तामा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।