काठमाडौं । एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा नेपाल प्रहरीले छापा मारेको छ ।मंगलबार खुमलटार हाइटस्थित रायमाझीको घरमा प्रहरीले छापा मारेको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगीमा अनुसन्धानका लागि भन्दै सचिव रायमाझीबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दासमेत रायमाझी पक्राउ परेका छैनन् ।
रायमाझीको घरमा उनको सवारी साधन भेटिएको तर मान्छे नभेटिएको प्रहरीले जनाएको छ ।
यो घटनामा हालसम्म रायमाझीका छोरा सन्दीपसहित, पूर्वगृहसचिव हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परिसकेका छन्।