हेटौंडा । हेटौंडा-१ स्थित अमर माध्यमिक विद्यालयले शनिबार बाल दिवस मनाएको छ । ५९ औं राष्ट्रिय बाल दिवसमा विविध अतिरिक्त क्रियाकलापको आयोजना गर्दै दिवस मनाएको हो ।
म्युजिकल चियर, नृत्य, गायन, बेलुन दाैड, चम्चा र गुच्छा प्रतियोगिता आयोजना गर्दै बाल दिवस मनाएको अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक मालती उप्रेतीले जानकारी दिनुभयो । एस्ट्रोनोभा फाउन्डेसनकाे प्रयोजनमा कार्यक्रम भएको छ । उत्कृष्ट विद्यार्थीलाई स्टेसनरी सामाग्रीले पुरस्कृत गरिएको उहाँको भनाइ छ ।