हेटौंडा । हेटौंडा-६ गाैरीटारस्थित बालजागृति युवा बर्ष माध्यमिक विद्यालयले ५९ औं राष्ट्रिय बाल दिवस मनाएको छ । शनिबार साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै बालदिवस मनाएको विद्यालयकी सम्झना अधिकारीले जानकारी दिनुभयो ।
बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्दै दिवस मनाएको छ ।