हेटौँडा । २०७९ सालको एसईई परीक्षामा बिषयगत उत्कृष्ट जीपीए ल्याउन सहयोग गरेको भन्दै विषयगत उत्कृष्ट शिक्षकहरुलाई सम्मानित गरिएको छ । विषयगत शिक्षक संयुक्त सञ्जाल मकवानपुरले शनिबार बिषयगत उत्कृष्ट जीपीए ल्याउन सहयोग गरेको भन्दै ६ सय ६९ जना शिक्षकलाई सम्मानित गरिएको हो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मकवानपुर जिल्लाका १० वटा पालिकाबाट उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सामुदायिकका ४ सय ४५जना र संस्थागत विद्यालयका २ सय २४ शिक्षकलाई सम्मानित गरिएको हेटौंडा-२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयका शिक्षक सागर खतिवडाले जानकारी दिनुभयो ।
खादा र सम्मानपत्रले सम्मानित गरिएको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्व्य समितिका प्रमुख ललित घलानको पनि आतिथ्य रहेको थियो ।