हेटौंडा । नेपाल शिक्षक महासंघको काठमाण्डौ केन्द्रीत आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन नेपाल शिक्षक महासंघ मकवानपुरका आवद्ध तथा सम्बद्ध संस्थाहरुले संयुक्त रुपमा अपिल गरेको छ । आइतबार सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई यस्तो अपिल तथा आव्हान गरिएको जनाएको छ । साथै शिक्षामा निरङकुशता भित्र्याउने शिक्षा विधेयक २०८० को संशोधनका लागि सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी राजनैतिक दलहरु, स्थानीय तह तथा आम समुदायमा सहयोगका लागि अपिल गरेको छ ।
जुन नेपाल शिक्षक महासंघको आव्हान वमोजिम आजैबाट नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय मातहतका निकायहरुले आयोजना गरेका शिक्षा सम्बन्धि सम्पूर्ण औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु वहिस्कार गर्ने बताएको छ । आउँदो २०८० असोज ३ गतेबाट नेपाल शिक्षक महासंघको आयोजनामा हुने काठमाण्डौ केन्द्रीत आन्दोलनमा सहभागी हुन सम्पूर्ण विद्यालय बन्द गरी असोज २ गते नै काठमाण्डौ पुगी असोज ३ गतेबाट सम्पूर्ण शिक्षकहरु विरोध प्रदर्शनमा सहभागी हुने र यसमा सहजीकरण गर्न मकवानपुर जिल्लास्थित सम्पुर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई अनुरोध गर्ने बताएको छ । जिधराज ढकाल अध्यक्ष नेपाल शिक्षक महासंघ, बद्री प्रसाद गौतम उपाध्यक्ष प्रनेराशि संगठन,राजु गौतम सचिव नेपाल शिक्षक महासंघ, जिवन तिमल्सिना अध्यक्ष नेराशि समिति, श्रीराम दहाल अध्यक्ष नेराशि संगठन, प्रल्हाद सापकोटा सचिव हिस्टन मकवानपुर, गणेश प्रसाद हुमागाई अध्यक्ष नेशि संघ,
वसन्त राई अध्यक्ष एअनेशि संगठन, रामसरण रिजाल अध्यक्ष संस्थागत विशियु जिल्ला कार्य/समन्वय समिति मकवानपुरले गरिएको हस्ताक्षरसहित संयुक्त अपिल गरिएको छ ।