हेटौंडा । हेटौंडा उपमहानगरपालिका र नगर प्रहरीको संयुक्त टोलीले आइतबार हेटौंडा-२, काङ्ग्रेस चोकस्थित ढिमाइ वर्कशपबाट एक भारतीय बाल श्रमिकको उद्दार गरिएको छ । अन्दाजी १५ वर्षीय धिरज कुमारलाई उद्दार गरिएको हेटौंडा उपमहानगरपालिका बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गानाले जानकारी दिनुभयो ।
पटकपटक खबरदारी गर्दा समेत ती बालकलाई काममा लगाएपछि आज उद्दार गरिएको उहाँको भनाइ छ । अहिले ती बाल श्रमिकलाई हेटौंडा-२, स्थित बाल हेल्प लाइन मकवानपुरमा राखिएको छ । काम लगाउने रोजगारदाता कार्वाही पश्चात् बालकलाई परिवारको जिम्मा लगाउने बताउनुभयो ।