हेटौंडा। हेटौंडा-१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रममा आइतबार खाद्यान्न सहयोग गर्दै विद्यार्थीले ज्येष्ठ नागरिक दिवस मनाएको छ । खाजा रकम कटौती गरि बचत गर्दै आएका रकमबाट आइतबार खाद्यान्न र डस्टविन सहयोग गर्दै दिवस मनाएको हो ।
३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौंडा–२ स्थित बालजागृति ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलको कक्षा-७ मा अध्ययनरत विद्यार्थीले सहयोग गरेका हुन । जसमा शिक्षक तथा विद्यालयले समेत उक्त कार्यलाई एक्यवद्धता जनाउँदै रकम थप सहयोग गरिएको विद्यालयले जनाएको छ ।