हेटौंडा । हेटौंडा-१, स्थित अमर माध्यमिक विद्यालयले व्यक्तित्व विकासमा विद्यालयको भूमिका विषयक वक्तृव्यकला प्रतियोगिता आयोजना गरेको छ । कक्षा-९ का विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई सोमबार पुरस्कृत गरिएको छ ।
कक्षा-९ को “ए” सेक्सनबाट करुणा श्रेष्ठ प्रथम, शुभम जिशी द्वितीय, विकल्प अर्याल तृतीय, सविना थिङ सान्त्वना हुन सफल भएका छन । यस्तै कक्षा-९ कै सेक्सन “बी” बाट आशिष भण्डारी प्रथम, प्रशंसा सिकारी द्वितीय, युदीप तितुङ तृतीय, बिपिशा सुवेदी र प्रवेश हडुवाल सान्त्वना हुन सफल भएको विद्यालयले जनाएको छ । पठन संस्कृतिको विकासमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई पुस्तक र प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।