पेरिस । म्यानचेस्टर युनाइटेडको खराब सिजनमा मंगलबार थप धक्का पुगेको छ । युरोपेली च्याम्पियन्स लिगको घरमै भएको खेलमा गालातासारेसँग युनाइटेड ३–२ ले पराजित भएको छ ।
ओल्ड ट्रायफोर्डमा भएको खेलमा टर्कीको टिम दुईपल्ट पछाडि रहेर पनि खेलमा फर्कन सफल भएको हो । खेलको अन्त्यमा युनाइटेड १० खेलाडीमा सीमित रहेको थियो । खेल सकिन ९ मिनेट अगाडि मउरो इकार्डीले गालातासारेका लागि निर्णायक गोल गरे ।
च्याम्पियन्स लिगको समूह चरणको सुरुआती दुई खेलमा युनाइटेड लगातार पराजित भएको यो पहिलो पटक हो । अर्को इंग्लिस प्रिमियर लिग क्लब आर्सनल पनि लेन्सको हातबाट २–१ ले स्तब्ध रह्यो । इंग्लिस खेलाडी जुड बेलिङ्घमले एक गोल गर्दै अर्कोमा अवसर सिर्जना गरेपछि रियल म्याड्रिडले नेपोलीलाई ३–२ ले पराजित गर्यो ।
यस्तै बायर्न म्युनिखले भने एफसी कोपनहेगनलाई २–१ ले पन्छायो । अन्य खेलमा रियल सोसिडाडले साल्सबर्गलाई २–०, स्पोर्टिङ प्रागले युनियन बर्लिनलाई ३–२ र इन्टर मिलानले बेनफिकालाई १–० ले हरायो । पीएसभी आयनहोभन र सेभियाबीचको खेल भने २–२ को बराबरीमा टुंगियो ।(एजेन्सी)