काठमाण्डाै । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज बङ्लादेश र इङ्ल्यान्ड तथा पाकिस्तान र श्रीलङ्काबीच खेल हुनेछ ।
आजको पहिलो खेलमा बङ्लादेश र इङ्ल्यान्ड नेपाली समय अनुसार बिहान पौने ११ बजे धर्मशालामा खेल्नेछन् । बङ्लादेशले पहिलो खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको थियो भने इङ्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो ।
त्यस्तै, दिउँसो सवा दुई बजे पाकिस्तान र श्रीलङ्काबीच हैदराबादमा खेल हुनेछ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्डलाई ८१ रनले हराएको थियो भने श्रीलङ्का दक्षिण अफ्रिकासँग एक सय २ रनले पराजित भएको थियो ।