हेटौंडा। मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली उत्पादन गरे बापत किसानलाई अनुदान दिने भएको छ । पालिकाको वार्षिक कार्यक्रमअनुसार किसानलाई अनुदान दिने निर्णय गरिएको हो ।
रैथानी बाली (धान, कोदो,मकै ) उत्पादन गरि बिक्रि गर्ने किसानलाई अनुदान दिने अनुदान दिने मकवानपुरगढी गाउँपालिका कृषि प्रराविधिक चन्द्रकान्त चाैधरीले जानकारी दिनुभयो । प्रति किलो ६ रुपैयाँ दरले किसानलाई अनुदान दिइने बताएको छ ।
यस्तै खरिदकर्ता सहकारीलाई प्रति केजी ४ रुपैयाँको दरले अनुदान दिने बताउनुभयो । कृषि विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमअनुसार उक्त अनुदान दिएको जानकारी दिनुभयो । २०८० कार्तिक २२ गतेसम्म अनुदान कार्यक्रम माग गर्न सकिनेछ ।