हेटौंडा । हिमराइट्स मकवानपुरले राक्सिराङ गाउँपालिकाको दुई विद्यालयमा अध्ययनरत सीमान्तकृत समुदायका विद्यार्थीलाई खाद्य सामग्री सहयोग गरेको छ। कोर इन्टरनेशनलको सहयोग तथा राक्सिराङ गाउँपालिकाको समन्वयमा बिहीबार सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत विद्यार्थीलाई खाद्यान्न सहयोग गरेको हो ।
सीमान्तकृत समुदायका ५० जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको हिमराइट्स मकवानपुरका संयोजक कुमारी वईबाले जानकारी दिनुभयो । प्रजा जागृति माध्यमिक विद्यालयका २७ जना र सुर्यादय माध्यमिक विद्यालयका २३ गरी ५० जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको बताउनुभयो । चामल, तेल, नुन, साबुन, मसला, चिउरा लगायत खाद्यान्न सहयोग गरिएको छ ।
प्रजा जागृति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकान्त प्रजाको सभाध्यक्ष तथा राक्सिराङ गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बरका वडाअध्यक्ष हरि बहादुर प्रजाको प्रमुख आतिथ्यतामा खाद्यान्न सामग्री वितरण गरिएको थियो । कार्यक्रममा राक्सिराङ्ग ३ का वडा अध्यक्ष उत्तम वाईबा, प्रजा जागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य बहादुर प्रजा, व्यवस्थापन समितिका सदस्य गणेश श्री मोक्तान लगायतको आतिथ्यता रहेको थियो।