रौतहट । नेपालमा नै पहिलो पटक उखु क्रसिङ गर्ने चिनिमिलको रूपमा बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इनड्रस्टिज प्रा.लि ले आइतबार डोंगा पुजा गरेका छन् ।
रौतहटको कटहरिया नगरपालिका वडा नं-९ डुमरिया स्थित रहेको बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इनड्रस्टिज प्रा.लि ले यस वर्ष सञ्चालनका लागि मिल्सको विभिन्न पार्टपुर्जा मर्मतसम्भारको काम सम्पन्न गरी उद्योग चलाउनका लागि आइतबार शुभ मुहुर्त निकालेर वैदिक मन्त्र उच्चारण गरी एक समारोहबीच डोंगा पुजा गरेका छन् ।
उद्योगका लागि सम्पुर्ण सरसफाई र स्पेयरपार्टसको मर्मतसम्भारपछि र उद्योग सञ्चालन गर्नुअघि मिल्स प्रशासनले सिजनभर राम्ररी उद्योग सञ्चालनमा कुनै बाधा अवरोध नहोस् र राम्ररी सिजन अवधिभर उद्योग सञ्चालनहोस भन्ने उदेशयले मिल्स पुजा गरिएको र यस वर्ष १५ लाख क्युन्टल उखु क्रसिङ्ग गर्ने संचालक बैजु प्रसाद बाबराले जनाएको छ ।
किसानबाट खरिद गरिएको उखु पेल्नका लागि सबैभन्दा पहिले राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्छन्। हरेक वर्षझै मिल सञ्चालन गर्नुअघि डोगालाई पुजा गर्ने धार्मिक मान्यता रहेको सोही अनुरुप मिल्सका प्रबन्धक निर्देशक अभय प्रकश जयसवालले डोंगा पुजा गरेकाे छ ।