Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

कृषि विज्ञानका विद्यार्थी ‘सिक्दै कमाउँदै कार्यक्रम’अन्तर्गत कोरिया जान पाउने

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
कार्तिक २४, २०८०
107 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
कृषि विज्ञानका विद्यार्थी ‘सिक्दै कमाउँदै कार्यक्रम’अन्तर्गत कोरिया जान पाउने
0 मिनेट पढ्ने
अपडेट: कार्तिक २४, २०८०
Advertisement

काठमाडौं । कृषि विज्ञान विषयका नेपाली विद्यार्थी प्रशिक्षार्थी कामदारका रुपमा दक्षिण कोरिया जान पाउने भएका छन्। कृषि विज्ञान विषयमा स्नातक गरेका विद्यार्थीहरुलाई सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत दक्षिण कोरिया पठाउने गरी सम्झौता भएको हो।

यसबारे गत कार्तिक १६ गते नेपालका कृषि तथा पशुपंक्षी विकासमन्त्री बेदुराम भुसाल र गणतन्त्र कोरियाका कृषि खाद्य तथा ग्रामिण मामिलामन्त्री चुङ्ग व्हाङ्गक्वुनबीच द्वीपक्षीय सम्झौता भएको थियो।

कृषि मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीले कृषिका विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत कोरिया पठाउने गरी सम्झौता भएको बताइन्। कोरिया जाने बाटो खुले पनि कहिले पठाउने, कति विद्यार्थी पठाउने भन्ने विषयमा तत्काल छलफल भइ नसकेको प्रवक्ता सिवाकोटीको भनाइ छ।

‘कृषि विषयअन्तर्गतका स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कोरिया जानसक्ने गरी सम्झौता भएको हो। जसअनुसार कृषिमा स्नातक पढेका विद्यार्थी प्रशिक्षार्थी कामदारको रुपमा जान पाउने त भयो। तर कहिले पठाउने, कसरी पठाउने भन्ने विषयमा भने छलफल भएको छैन,’ उनले भनिन्।

यसअघि कृषि विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायलमा जाने गरेका थिए। सोही कार्यक्रमका लागि इजरायल गएका १० जना विद्यार्थीले गत महिना हमास विद्रोहीको आक्रमणमा ज्यान गुमाएका थिए। इजरायलमा अझै १ जना नेपाली विद्यार्थी बेपत्ता छन्। हमास समूहको आक्रमणपछि सरकारले इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थी जाने व्यवस्थामा रोक लगाएको छ।

इजरायलको कार्यक्रम युद्धका कारण प्रभावित भएपछि वैकल्पिक गन्तव्यको रुपमा सरकारले दक्षिण कोरिया छनोट गरेको छ।

कृषि विषयमा स्नातक सकेका नेपाली विद्यार्थी र युवा कृषि उद्यमीलाई बढीमा २ वर्ष सम्मका लागि कृषिमै सिक्दै र कमाउँदै कार्यक्रममा लैजान सक्ने विषय समझदारीमा समेटिएको मन्त्रालयका उपसचिव डालप्रसाद पुडासैनीले बताए। ‘इजरायलमा यस्तो कार्यक्रम प्रभावित भएपछि नयाँ विकल्पको रुपमा दक्षिण कोरियालाई लिइएको हो। समझदारीको कार्यान्वयन सुरु भएपछि नेपालीहरु दक्षिण कोरिया जान सक्छन,’ उनले भने।

दक्षिण कोरियासँग भएको कृषि विकास समझदारीमा २ प्रकारका प्रशिक्षार्थी कामदार पठाउने मोडलको प्रस्ताव गरिएको छ। जसमा नेपालमा नयाँ ढंगबाट कृषि उद्यममा काम गरिहेका युवा कृषि उद्योगी र कृषिमा स्नातक पढेका विद्यार्थी रहेको उनको भनाइ छ।

कृषिमा दक्षिण कोरियाले गरेको विकासबाट सिकेर नेपालमा यसको प्रयोगका लागि यस्तो कार्यक्रम अघि सारिएको मन्त्रालयको दाबी छ।

८ बुँदामा प्रारम्भिक सहमतिमा समझदारी गरेको दक्षिण कोरियाले यसको विस्तृत् सम्झौता भने केही समय पछि गर्नेछ। कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि जानेहरुको प्रक्रिया यसअघि कोरियाले लैजाने गरेको ईपीएस प्रणाली भन्दा फरक हुने मन्त्रालयले जनाएको छ।

जीविका कृषि विज्ञान कलेजको छुट्टै सम्झौता
यस्तै जीविका कृषि विज्ञान कलेजले आफ्ना विद्यार्थीलाई सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कोरिया पठाउने सम्झौता गरेको छ। सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी संस्थाले सञ्चालन गरेको जीविका कृषि विज्ञान कलेजले सिक्दै कमाउँदै कार्यक्रमका लागि १ वर्ष विद्यार्थीलाई कोरिया पठाउने भएको हो।

बिएससी एजी ४ वर्षे कोर्स अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि १ वर्ष कोरिया पठाउने सम्झौता भएको कलेजका व्यवस्थापक शिवकुमार डाँगीले बताए। तर उक्त सम्झौता कृषि मन्त्रालयअन्तर्गत भएको सम्झौताअनुसार नभएको, कलेजको आफ्नै भएको उनले बताए।

‘कोरिया र हाम्रो कलेजबीच १ महिना अगाडि सम्झौता भएको हो। तर कहिलेदेखि पठाउने भन्नेबारे अहिले टुंगो लागिसकेको छैन,’ उनले भने,‘हाम्रो कलेजमा भर्ना हुनलाई कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट परीक्षा दिइ छनौट भइसकेका विद्यार्थी हुनुपर्छ। सिक्दै कमाउँदै कार्यक्रमअनुसार कलेजमा भर्ना भएका विद्यार्थीले कोर्षको अन्तिम वर्ष कोरिया जाने र उताबाट फर्किएपछि मात्रै सर्टिफिकेट पाउने छन्।’

सहकारीले २०७५ सालदेखि जीविका कृषि विज्ञान कलेज सञ्चालन गर्दै आइरहेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट कलेजले ५० जनाको कोटा प्राप्त गरेको छ। तर विश्वविद्यालयले गत शैक्षिक सत्र २०७९–८० मा विद्यार्थी नै पठाएको थिएन्। नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी आउने कलेजका व्यवस्थापक डाँगीले बताए।

कलेजमा पहिलो वर्ष २४, दोस्रो वर्ष १५, तेस्रो वर्ष २९ र चौथो वर्ष २८ विद्यार्थी भर्ना भएका थिए। सहकारी संस्थाले कलेज परिसरको २० बिघा क्षेत्रमा कृषि परियोजना सञ्चालन गरिरहेको छ। कलेजले आफ्नै क्षेत्रफलमा गाईपालन, बंगुर, बाख्रा र माछा पालनसँगै मेवा खेती, फूल खेती, ड्रागन फ्रुट खेती र मौसमी तरकारी खेती गरिरहेको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya