Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

बिशाल बस्नेत
रिपोर्टर: बिशाल बस्नेत
कार्तिक २७, २०८०
200 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु
1 मिनेट पढ्ने
अपडेट: कार्तिक २७, २०८०
Advertisement

महोत्तरी । एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र  मात्र थियो ।

बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न  डराउथे ।

तर  बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ ।

लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि  यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´

`पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै सिंहले भने, `अर्काको ज्यालादारी गरेर आएको पैसाले जिविकोपार्जन गर्थ्यौ अहिले त यही बगरवाट त्यस्को दोब्बर आम्दानी हुन्छ ।´

सुरुमा त सिंहले बगरमा खेती गरेर आयआर्जन होला भन्ने पत्याउन नै सकेका थिएनन । `माटो नभएको, वालुवा नै वालुवा भएको उक्त ठाउँमा नगर र गैरसरकारी संस्थाहरुले अन्यत्र ठाउँवाट माटो मात्र ल्याएनन, प्राङगारिक मल समेत ल्याएर बगरलाई उर्वरायुक्त बनाए,´ सिंहले भने, `अनी हामीलाई सु:खका दिन आए जस्तो लाग्यो ।´

रामेस्वर सिंह जस्तै  अहिले २४३ भुमिहिन, गरिब र विपन्न समुदायका परिवार आजकाल यही बगरमा आश्रीत बनेका छ्न ।

नगरपालिका र युएनडिपीको आर्थिक सहयोग अनि सामुदायिक विकास तथा पैरवी मंचको  प्रावधिक सहयोगमा झण्डै ११६ बिगाह जमिनमा पुर्ण भुमिहिन, गरिव तथा विपन्नहरुका लागी  जिविकोपार्जनको माध्यम मात्र बनेको छैन, नगरको नै समृद्धिको आधार समेत तयार भएको छ ।

नदी उकास बगरहरु मधेशमा क्रसर माफिया र भु-माफियाहरुको निसाना बनिरहेको बेला नगर तथा गैरसरकारी संस्थाहरुले गरिबी उन्मुलनका लागि गरेको प्रयास उदाहरणिय बनेको भन्दै युएनडिपि मधेश प्रदेश प्रमुख धनबहादुर चनले यो नेपालको नौलो कृषि क्रान्ती भएको बताए ।

नगरको अधिनमा रहेको  क्षतिग्रस्त भु: भागमा सामुहिक खेती गर्नु समाजवादको अभ्यास समेत भएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवको बुझाई छ  ।

अहिले यहाँ ११ हजार भन्दा बढी फलफूलका बिरुवा हुर्कदै छन भने ७० बिगा क्षेत्रफलमा तरकारी खेती गरिएको छ । सिंचाइका लागी भुमिगत पानीलाई उत्खनन् गरेर ४ वटा इनार वनाईएको छ ।

उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्‍याउन यो ११६ विगा जग्गालाई दुई भागमा बिभाजन गरेर कृषी सडक बिस्तार गरिएको छ । आफ्नो कार्यकालभरी नै गरिबहरुका लागी यो काम महत्वपूर्ण हुने बताउदै जनप्रतिनिधिहरुले समेत यही बगरलाई जस लिने ठुलो माध्यम बनाएका छन ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठ भन्छन, `हामी यो कार्याकालको महत्त्वपूर्ण काम भएको अनुभूति गरेका छौ । गरिबहरुमा देखिएको खुसीले नै यो हाम्रो सफलता हो भन्ने ठानेका छौ ।´

स्थायी तटबन्धनको अभावमा नदिले कटान गरेर बगर बनाएका हजारौ हेक्टर जमिन अहिले पनि मधेशमा क्रसर माफियाहरुको वालुवा उत्तखनन गर्ने अखडा बनेको छ भने भु-माफियाहरुले  अतिक्रमण गरेर रातारात आफ्नै अधिनमा बनाएका धेरै दृष्टान्तहरु छन ।

तर, यस्ता जग्गाहरुलाई पहिचान गरि कर्जन्हाको जस्तै पुर्ण भुमिहिन, गरिव र विपन्नका लागी उपभोग गर्ने हो भने गरिबी उन्मुलनको माध्यम मात्र हैन समृद्धिको आधार समेत तयार गर्न सकिने यो बगरले सन्देश समेत दिएको छ ।

हुर्कदै गरेका सयौ जातका आपका बिरुवाहरु, प्रवल, खुर्सानी, भ्याण्टा, कुर्ती आदीले हराभरा बनाएको बालुवाघारीलाई कसरी उर्वर बनाउन सकिन्छ भन्ने कर्जन्हा गतिलो उदाहरण बनेको अनुगमनको क्रममा त्यहा पुगेका बर्दिवास नगरपालिकाका पुर्व वडा अध्यक्ष चुडामणी पोखरेल बताए ।

फ्रान्सवाट आएका युएनडिपीका डिपुटी रेजिडेन्ट रिप्रीजेन्टिभ हेड  जुलियनले पनि बगरमा फस्टाउदै गरेको किसानहरुको मेहनत देखेर निक्कै खुसी भए । बगरमा सुन फलाईरहेको किसानहरुलाई देखे पछी थप सहयोगको लागी पनि गृहकार्य गर्ने उन्ले आश्वासन दिएका छन ।

त्यस्तै वातावरण विज्ञ प्रज्ञ जन एलम्बरले कमला नदिले क्षतबिक्षत बनाएको भुभागमा यति ठूलो परिवर्तन हुनु  वास्तवमै कृषि क्रान्ती भएको धारणा राखे ।

युएनडिपिद्वारा १ करोड १४ लाख २२ हजार ६ सय र नगरपालिकाद्वारा १ करोड ३६ लाख २५  हजार लगानीमा हराभरा बनिरहेको वालुवाघारी नगरले भुमिहिन, गरिव र विपन्नहरुलाई २५ बर्षको लागी हस्तान्तरण गरेको छ ।

कृषि पर्यटनकोरुपमा विकास भैइरहेको यो बालुवाघारी कृषिप्रती चासो राख्ने जोकोहीका लागी महत्वपूर्ण अध्यण केन्द्र बन्न सक्ने कृषि विज्ञहरु वताउछन ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

बिशाल बस्नेत

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya