सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

विद्यार्थीहरुलाई बिमा सम्बन्धी अभिमुखीकरण



  • स्थानिय समाचार
  • 53 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ श्रावन २४ शुक्रवार
मकवानपुर, २४ साउन । मकवापनुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रगति माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

विद्यार्थीहरुलाई बिमा सम्बन्धी अभिमुखीकरण

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विमाका विभिन्न प्रकार तथा पक्षहरुका बारेमा अभिमुखीकरण गरिएको हो ।

प्रत्येक महिनाको एक पटक विद्यार्थीलाई विद्यालय पाठ्यपुस्तकमा समावेश भएको विषयसँग सम्बन्धित रहेर अतिरिक्त क्रियाकलापको आयोजना गर्ने उदेश्य राखेको विद्यालयले सोही कार्यक्रम अन्तगर्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका बारेमा प्रष्ट पार्दैै विद्यालयका सहायक प्राचार्य किशोर पराजुलीले हरेक महिना विद्यार्थीहरुका लागि प्रयोगात्मक कार्यक्रमहरु आयोजना गरिने जानकारी दिनुभयो ।

शुक्रबार भएको अभिमुखीकरण कार्यक्रममा एसियन लाईफ ईन्सुरेन्सका ब्राञ्च म्यानेजर सञ्जय रेग्मीले विद्यार्थीहरुलाई विमा, विमाको प्रकार, यसका फाईदा र महत्वका विषयमा प्रकाश पार्नुभएको थियो । यस अघि गत महिनामा विद्यालयले विद्यार्थीहरुलाई हेटौँडा औद्योगिक क्षेत्रको भ्रमण गराएको थियो ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top