सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo
Niraj Tents & Ladies Tailors

स्थानिय समाचार

हेटौँडा मोर्डनद्वारा विज्ञान प्रदर्शनी



  • स्थानिय समाचार
  • 86 पटक पढिएको
  • भरोसा अनलाईन
  • २०७६ भाद्र ६ शुक्रवार
आशिष खतिवडा, मकवानपुर, ६ भदौ । हेटौँडा ९ पशुपतिनगरमा अवस्थित हेटौँडा मोर्डन ईङ्गिलस् माध्यमिक विद्यालयले विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।

हेटौँडा मोर्डनद्वारा विज्ञान प्रदर्शनी

 कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी प्रदर्शनीमा २४ वटा भन्दा बढी विज्ञान सामाग्रीहरु प्रदर्शन गरिएको थियो ।

प्रदर्शनी अवलोकनकर्ता तथा निरिक्षकलाई विद्यार्थीहरुले आफुले बनाएका विज्ञान सामाग्रीका बारेमा जानकारी दिएका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकृष्ण खतिवडा, विद्यालयका प्राचार्य दिनेशकुमार सुवेदी र सहायक प्रचार्य सिर्मला नेपालले निरिक्षण गर्नुभएको थियो ।

विज्ञान प्रदर्शनीमा कक्षा १० का समिर घिमिरे, रुविन श्रेष्ठ, सन्देश भुजेल, निश्चल लामा र कृष्ण दाहालको समूहद्वारा निर्मित रेसिङ कार प्रथम हुन सफल भएको थियो । त्यस्तै विनित खनाल, मल्लिका उप्रेती, शितल अर्याल, रोशनी लो, मिक्सन बल, रोजी भण्डारी, दिपिका र काजल खातीको समूह दोस्रो भएका थिए । कक्षा ९ का शाहिल डङ्गोल, सन्दिप श्रेष्ठ, रोहन शाही, सार्थक आचार्य, विशाल तिमिल्सना र अशिम ढुङ्गानाको समूहले बनाएको बोट तेस्रो भएको थियो । 

विद्यालयले कृष्णाअष्टमीको अवसर पारेर कक्षा नर्सरी र युकेजीका विद्यार्थीहरुबिच राधाकृष्ण छनौट कार्यक्रम समेत आयोजना समेत गरेको थियो । कार्यक्रमको मूल्यांकन सिर्मला नेपाल र दुर्गा कोईरालाले गर्नुभएको थियो । उत्कृष्ट राधाकृष्णको रुपमा कमल रायमाझी, रियाज त्रिपाठी, एन्सिका श्रेष्ठ र आँचल शाह छानिएका थिए ।






ताजा अपडेट



लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top